ख्रीष्टियन समाज ताप्लेजुङद्वारा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत प्रदान
बिक्रम लाम्गादे,
फुङ्लिङ - जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान बजारका आगलागी पीडितलाई राहत प्रदान गरेको छ । आज समाजले ३ लाख बढी रकम हस्तान्तरण गरेको समाजका अध्यक्ष सूर्य बहादुर खड्काले खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ३ लाख ७६ हजार ७ सय १० रुपैयाँ प्रदान गरेको हो ।
जसअनुसार ‘क’ वर्गका २ परिवारलाई ३७ हजार ६ सय ७० रुपैयाँका दरले ‘ख’ वर्गका ९ परिवारलाई २७ हजार २ सय र ‘ग’ वर्गका ५ परिवारलाई ११ हजार ३ सय रुपैयाँका दरले सहयोग रकम हस्तान्तरण गरिएको हो । स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयले आगलागी पीडितलाई क्षतिको मूल्याङ्कन गरी ‘क’, ‘ख’ र ‘ग’ गरी ३ समुहमा बिभाजन गरेको छ । राहत संकलन ताप्लेजुङका सबै पालिका भित्रका चर्चहरू र कोशी प्रदेश इसाई समितिको सहयोगमा संकलन गरिएको जनाइएको छ । यस्तै नेपाल रेड क्रस सोसाटी दोभानका सदस्य गुरु प्रसाद पौडेल र जिल्ला ख्रीष्टियन समाजका अध्यक्ष खड्काको रोहबरमा उक्त सहयोग रकम उपलब्ध गराइएको हो ।
गत असोज ८ गते भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १६ परिवार प्रभावित भएका छन् । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । आगलागीपछि प्रभावित परिवारलाई स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दल तथा सामाजिक अभियन्ताले राहत तथा सहयोग उपलब्ध गराउँदै आएका छन् ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम २ हप्ता पर धकेलियो
काठमाण्डौ - राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । नेपाल सरकारले सञ्चालन गर्दै आएको
दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
काठमाण्डौ - दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् । गएको असोज २५ गते घटस्थापनादेखि आज
दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने
दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा

प्रतिकृया दिनुहोस