फ्रान्समा प्रदर्शनसँगै लुटपाट र आगजनी, एक हजार २०० जनाभन्दा धेरै पक्राउ
काठमाण्डौ - फ्रान्समा विद्यालयको अवस्था र बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा देशका विभिन्न शहरमा तोडफोड, लुटपाट र आगजनीका घटना समेत भएको बीबीसीले जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक हजार २०० जना भन्दा धेरैलाई पक्राउ गरेको छ । पछिल्लो प्रदर्शनमा ५ लाख भन्दा धेरैको संख्यामा मानिस सहभागी थिए ।
प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न शहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रदर्शनका क्रममा कम्तीमा १५० जना प्रहरी अधिकारी घाइते भएका त्यहाँको सुरक्षा निकायले जनाएको छ । विद्यालयको अवस्था र दैनिक जीवनयापनको बढ्दो खर्चप्रति असन्तुष्टि जनाउँदै शुरु भएको प्रदर्शनले उग्र रूप लिएपछि फ्रान्सका विभिन्न शहरमा सुरक्षा चुनौती बढेको छ । पेरिसमा हिजो बेलुकासम्म नै प्रहरी र प्रदर्शनकारीबीच पटक–पटक झडप भएको थियो । विभिन्न शहरका पसल, व्यवसाय र सरकारी भवनमा तोडफोड तथा लुटपाट भएको पनि खबरमा उल्लेख छ ।
दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने
दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा
दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट झन्डै ५ लाख यात्रु बाहिरिए
काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झन्डै पाँच लाख यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि हिजो शनिवार असोज ३१ गतेसम्म सार्वजनिक
पाथीभरामा दर्शनार्थीले तीन महिनामा चढाए ३३ लाख बढी भेटी
ताप्लेजुङ - ताप्लेजुङको पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको तीन पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५०

प्रतिकृया दिनुहोस