सोमबार-कार्तिक-३-२०८३/ 19-Monday-October-2026

पाथीभरामा दर्शनार्थीले तीन महिनामा चढाए ३३ लाख बढी भेटी

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - ताप्लेजुङको पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको तीन पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५० रुपियाँ भेटी सङ्कलन भएको हो । 

 

पाथीभरा क्षेत्र विकास समितिले शनिबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउनदेखि असोज मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको भेटी सङ्कलन भएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार साउनमा तीन लाख १८ हजार ५ सय रुपियाँ, भदौमा १३ लाख ६७ हजार र असोजमा १६ लाख ४१ हजार १५० रुपियाँ भेटी दर्शनार्थीले पाथीभरा चढाएका छन् । 

 

समितिका अनुसार यही अवधिमा २० हजार ५२२ जना भक्तजन पाथीभरा दर्शनका लागि पुगेका छन् । साउनमा दुई हजार ४६९, भदौमा छ हजार १२३ र असोजमा ११ हजार ९३० जना तीर्थयात्रीले मन्दिर दर्शन गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । 

 

तथ्याङ्कका अनुसार गत वर्षको तुलनामा यस वर्ष तीर्थयात्रीको सङ्ख्या घटेको छ । गत वर्षको साउनदेखि असोजसम्म ५४ लाख १८ हजार रुपियाँ भेटी सङ्कलन भएको थियो । यस वर्षमा गत वर्षको भन्दा झण्डै २१ लाख रुपियाँ कम भेटी उठेको छ भने दर्शनार्थी समेत घटेका छन् । गत वर्षको सोही अवधिमा झण्डै ३६ हजार तीर्थयात्री आएका थिए । 

 

भोटेकोशीमा आएको बाढी लगायतका कारण तीर्थयात्रीको सङ्ख्यामा कमी आएको समितिले जनाएको छ।  

 

 

प्रतिकृया दिनुहोस

दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने 

दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा

फ्रान्समा प्रदर्शनसँगै लुटपाट र आगजनी, एक हजार २०० जनाभन्दा धेरै पक्राउ

काठमाण्डौ  - फ्रान्समा विद्यालयको अवस्था र बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा देशका विभिन्न

दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट झन्डै ५ लाख यात्रु बाहिरिए

काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झन्डै पाँच लाख यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि हिजो शनिवार असोज ३१ गतेसम्म सार्वजनिक

↑