दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट झन्डै ५ लाख यात्रु बाहिरिए
काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झन्डै पाँच लाख यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि हिजो शनिवार असोज ३१ गतेसम्म सार्वजनिक गाडीमार्फत ४ लाख ९६ हजार ३२३ जना यात्रु बाहिरिएका हुन् ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि यात्रु बाहिरिने क्रम चलिरहेको छ । हिजो र अस्तिको तुलनामा आज बाहिरिने यात्रुको सङ्ख्या घटेको छ । गोङ्गबुमा रहेको नयाँबसपार्क, माछापोखरी, कलङ्की, बल्खु, कोटेश्वर र गौशालामा यात्रुको चाप छ । दशैँ मनाउन सर्वसाधारण फर्पिङ, नागढुङ्गा, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडा नाका हुँदै उपत्यकाबाट बाहिरिएका छन् । दशैँ मनाउन यस वर्ष झन्डै १० लाख यात्रु बाहिरिने अनुमान छ ।
दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने
दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा
फ्रान्समा प्रदर्शनसँगै लुटपाट र आगजनी, एक हजार २०० जनाभन्दा धेरै पक्राउ
काठमाण्डौ - फ्रान्समा विद्यालयको अवस्था र बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा देशका विभिन्न
पाथीभरामा दर्शनार्थीले तीन महिनामा चढाए ३३ लाख बढी भेटी
ताप्लेजुङ - ताप्लेजुङको पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको तीन पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५०

प्रतिकृया दिनुहोस