शुक्रबार-असोज-३०-२०८३/ 16-Friday-October-2026

कांग्रेस मिक्वाखोलाको पहलमा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

फुङलिङ - दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान गरिएको छ । नेपाली कांग्रेसका मिक्वाखोला पालिका कार्यसमितिको पहलमा पार्टीका नेतृ हाल अमेरिकीमा कार्यरत सोनाम डोमा शेर्पा र तोक्पेगोला स्पोर्टस टिम अमेरिकाको पहलमा संकलित सो रकम विहिबार पीडितलाई प्रदान गरिएको हो ।

 

कुल ३ लाख ५२ हजार ५ सय संकलित रकम पीडित १६ परिवारलाई प्रदान गरिएको छ । प्रतिपरिवार २२ हजार रुपियाँका दरले रकम हस्तान्तरण गरिएको छ । रकम मेरिङदेन ३ का वडाध्यक्ष र नेपाली कांग्रेस मिक्वाखोला गाउँकार्यसमितिको रोहबरमा प्रदान गरिएको हो । गत असोज ८ गते भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १६ परिवार प्रभावित भएका छन् ।

 

आगलागीबाट करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । आगलागीपछि प्रभावित परिवारलाई स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दल तथा सामाजिक अभियन्ताले राहत तथा सहयोग उपलब्ध गराउँदै आएका छन् ।
 

प्रतिकृया दिनुहोस

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

फुङ्लिङ, असोज २७ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । भदौको तेस्रो सातादेखि सुरु भएको

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमबार ७८ क्विन्टल बढीको खाद्यान्न सामाग्री बिक्री गरेको छ । शाखाले एकैदिन ७८

मिक्वाखोलामा ५ शैयाको अस्पताल उद्धघाटन

कृष्ण फुरुम्वो लिम्बू ताप्लेजुङ – ताप्लेजुङको थलङमा ५ शैयाको मिक्वाखोला गाउँपालिका अस्पतालको उद्धघाटन गरिएको छ । मिक्वाखोला गाउँपालिका ४ नम्बर

↑