शनिबार-मङ्सिर-१२-२०८३/ 28-Saturday-November-2026

विभिन्न मुद्दामा फरार ताप्लेजुङका पाँच प्रतिवादी पक्राउ

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले विभिन्न मुद्दामा अदालतबाट फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पाँच जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार डाँका, अभद्र व्यवहार, सरकारी कागज किर्ते, बैंकिङ कसुर र जबरजस्ती करणी मुद्दामा फैसला भई फरार रहेका प्रतिवादीलाई पक्राउ गरिएको हो ।

 

पक्राउ पर्नेमा डाँका मुद्दामा सांकेतिक नाम (ङ) रहेका एक जना, अभद्र व्यवहार मुद्दामा मेरिङ्देन गाउँपालिका–६ का मिलन र धनबहादुर भन्ने फुर्वा शेर्पा, सरकारी कागज किर्ते तथा बैंकिङ कसुर मुद्दामा सिरिजङ्घा गाउँपालिका–७ की सुनीता लिम्बू र जबरजस्ती करणी मुद्दामा हाङ्देवा–७ का ज्वाई भन्ने पूर्णकुमार हेल्लोक लिम्बू रहेका छन् ।

 

प्रहरीका अनुसार सांकेतिक नाम (ङ) र फुर्वा शेर्पालाई मंसिर ७ गते ताप्लेजुङबाट पक्राउ गरिएको छ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विन्देश्वर यादवले जानकारी दिनुभयो । सांकेतिक नाम (ङ)लाई डाँका मुद्दामा ६ हजार ६६७ रुपैयाँ जरीवाना र शेर्पालाई २२ दिन कैद तथा २० हजार रुपैयाँ जरीवाना भुक्तानका लागि अदालते फैसला गरेको थियो ।

 

प्रहरीका अनुसार मंसिर ८ गते झापाबाट सुनीता लिम्बूलाई नियन्त्रणमा लिइएको छ । लिम्बू सरकारी कागज किर्ते र बैंकिङ कसुर गरी दुईवटा मुद्दामा फरार रहेकी थिइन् । लिम्बूले सरकारी कागज किर्ते मुद्दामा एक वर्ष कैद र ६६ हजार ६६७ रुपैयाँ जरिवाना तथा बैंकिङ कसुर मुद्दामा एक वर्ष कैद र ७९ हजार ३४७ रुपैयाँ ५० पैसा जरिवाना भुक्तान गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

त्यसैगरी, जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय फैसला भई फरार रहेका पूर्णकुमार हेल्लोक लिम्बूलाई मंसिर १० गते झापाबाट नै पक्राउ गरिएको छ ।

 

पक्राउ परेका सबैलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

  • Reply

प्रतिकृया दिनुहोस

पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले अपाङ्ग पहिचान लगायतका लागि दुई दिने शिबिर सञ्चालन गर्दै

बिक्रम लाम्गादे, फुङ्लिङ - ताप्लेजुङका दुई स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिका लागि २ दिन शिबिर सञ्चालन गर्ने भएका छन् । जिल्लाका पाथीभरा

ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित १९ वर्षीय लिम्बु पक्राउ

बिक्रम लाम्गादे,  फुङलिङ - ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ७ का १९

फुङलिङ बजार भोलिदेखि पूर्ववत् रूपमा शुक्रबार बन्द हुने

ताप्लेजुङ - चाडबाडलाई लक्षित गरी शुक्रबार खुला हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार (भोलि) देखि पुनः बन्द हुने भएको छ । दशैं, तिहार,

↑