शुक्रबार-मङ्सिर-४-२०८३/ 20-Friday-November-2026

फुङलिङ बजार भोलिदेखि पूर्ववत् रूपमा शुक्रबार बन्द हुने

रेडियो तमोर
|

ताप्लेजुङ - चाडबाडलाई लक्षित गरी शुक्रबार खुला हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार (भोलि) देखि पुनः बन्द हुने भएको छ । दशैं, तिहार, छठ जस्ता मुख्य चाडबार्ड सकिएकाले मंसिर ४ गते शुक्रबारदेखि पूर्ववत् रूपमै पसल व्यवसाय बन्द गर्न आव्हान गरिएको उद्योग बाणिज्य संघ ताप्लेजुङले जनाएको छ ।

 

संघले आज एक सुचना जारी गर्दै पहिले जस्तै गरी हप्तामा एक दिन शुक्रबार बजार पसल बन्द हुने जानकारी गराएको हो । उपभोक्ताको चापलाई मध्यनजर गरी गत असोज १६ गते शुक्रबार देखि बजार पसल खुला गरिएको थियो । यता दशैँ तिहारको समयमा सुनसान जस्तै बनेको ताप्लेजुङको फुङ्लिङ बजार चार्डपर्व सकिए संगै चहलपहल बढ्न थालेको छ  । यहाँ रहेर व्यवसाय गर्ने, श्रमिक तथा बिद्यार्थीहरु बजार फर्किन थाले संगै चहलपहल बढेको हो । सरकारी कार्यालयहरु खुलिसकेका छन् भने गत मंगलबारबाट शैक्षिक संस्थाहरुमा पनि पठनपाठन सुरु भएको छ । 
 

प्रतिकृया दिनुहोस

ताप्लेजुङको क्याम्पस लाइनमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना पक्राउ

बिक्रम लाम्गादे, ताप्लेजुङ - गत कार्तिक २४ गते फुङ्लिङ–४, स्थित क्याम्पस लाइन टोलमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना

ताप्लेजुङको फुङलिङमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताप्लेजुङ -   ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा निःशुल्क ४ दिन आँखा शिविर सञ्चालन हुने भएको छ । आगामी मंसिर ५ गते देखि ८ गतेसम्म शिविर सञ्चालन हुने

पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरे, यस बर्षकै सबैभन्दा बढी भक्तजन

ताप्लेजुङ - प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र बिकास समितिका अनुसार शनिबार (आज) ११ हजार

↑