ताप्लेजुङको फुङलिङमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन हुँदै
ताप्लेजुङ - ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा निःशुल्क ४ दिन आँखा शिविर सञ्चालन हुने भएको छ । आगामी मंसिर ५ गते देखि ८ गतेसम्म शिविर सञ्चालन हुने भएको हो ।
विश्व विख्यात नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतको उपस्थितिमा नेपाल नेत्रज्योति संघद्वारा फुङलिङमा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गर्ने तयारी भइरहेको छ । नेपाल नेत्र ज्योति सङ्घ ताप्लेजुङ, तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ, रुइत फाउण्डेसन, फुङलिङ नगरपालिका ताप्लेजुङ र लाइन्स क्लब अफ काठमाण्डौको संयुक्त सहयोगमा शिविर सञ्चालन हुन लागेको हो । डिचेन डोङग्ला स्मारक आँखा उपचार केन्द्रका वरिष्ठ क्लिनिक इनचार्ज काजीमान गुरुङका अनुसार शिविरमा छनौट भएको मोतिविन्दुको बिरामीहरूलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको छ ।
आँखासम्बन्धी समस्या भएका सर्वसाधारणलाई शिविरमा सहभागि भई मौकाको फाइदा उठाउन उहाँले अनुरोध गर्नु भएको छ । शिविरमा नाम दर्ता वापत ६० रुपैयाँ मात्र भने बुझाउनुपर्ने गुरुङको भनाइ छ । ना दर्ता बापतको शुल्क लागेपनि औषधिको व्यवस्था निःशुल्क गरिएको छ । त्यस्तै ४० वर्ष भन्दा माथिका बिरामीहरूलाई पढ्नको लागि पढ्ने चश्मा समेत निशुल्क उपलब्ध गराइने गुरुङले जानकारी दिनुभयो ।
यस अघि पनि विश्व विख्यात नेत्र रोग विशेषज्ञ डा। सन्दुक रुइतको उपस्थितिमा निःशुल्क आँखा शिविर सम्पन्न भएको थियो । आँखाको समस्या भएर उपचारको पहुँचमा पुग्न नसकेका बिरामीलाई लक्षित गरि शिविर आयोजना गरिएको जनाइएको छ ।
सङ्घले ताप्लेजुङको दोभान, पाँचथरको थर्पु र यासोकमा सञ्चालन गरेको आँखा उपचार केन्द्रमा समेत यसअघि विभिन्न समयमा निःशुल्क आँखा शिविरको आयोजना गरेको थियो । सङ्घका अनुसार भावी दिनमा समेत चाँडै ती स्थानहरूमा शिविर सञ्चालन गर्ने तयारी छ ।
पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरे, यस बर्षकै सबैभन्दा बढी भक्तजन
ताप्लेजुङ - प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र बिकास समितिका अनुसार शनिबार (आज) ११ हजार
ताप्लेजुङ यु.के. समाजद्वारा दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत, दक्षिण कोरिया सम्पर्क समितिबाट खाद्यान्न सहयोग
फुङ्लिङ - ताप्लेजुङ यु.के. समाजले दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत प्रदान गरेको छ । समाजले आज एक कार्यक्रमका बिच पीडित परिवारलाई उक्त सहयोग
आज काग तिहार मनाइँदै
काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट

प्रतिकृया दिनुहोस