आज काग तिहार मनाइँदै
काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय मान्यता छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठो खान दिई खुशी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल, शुभ बोल भनी भन्ने चलन छ । काग घर वरपर आई कराएमा उसले केही खबर लिएर आएको विश्वास गरिन्छ ।
यस अवसरमा काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–१ को कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकाको कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण सायंकालमा कात्तिक कृष्ण त्रयोदशी परेका दिन शुरु हुने यमपञ्चक हिजो बेलुकीदेखि नै शुरु भएको छ । यमदीप दान हिजोदेखि नै शुरु भएको हो । गरगहना एवम् तामाका भाँडाकुँडा किन्ने धनतेरस पर्व हिजो नै मनाइएको छ ।
भोलि नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा परेको छ । पर्सि २३ गते गाईपूजा तथा २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।
ताप्लेजुङ यु.के. समाजद्वारा दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत, दक्षिण कोरिया सम्पर्क समितिबाट खाद्यान्न सहयोग
फुङ्लिङ - ताप्लेजुङ यु.के. समाजले दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत प्रदान गरेको छ । समाजले आज एक कार्यक्रमका बिच पीडित परिवारलाई उक्त सहयोग
सभ्य र मर्यादित ढंगले चाडपर्व मनाउनु : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ
ताप्लेजुङ - जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिसबाजी, पटाका आगलागी हुने पदार्थको खरिद, बिक्री, बुवानी र प्रयोग नगर्ने आग्रह गरेको छ । आज एक सुचना
ताप्लेजुङमा निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने
एसिका सेन्दाङ ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा ६ महिना अवधिको निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकार, उद्योग,

प्रतिकृया दिनुहोस