सभ्य र मर्यादित ढंगले चाडपर्व मनाउनु : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ
ताप्लेजुङ - जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिसबाजी, पटाका आगलागी हुने पदार्थको खरिद, बिक्री, बुवानी र प्रयोग नगर्ने आग्रह गरेको छ । आज एक सुचना जारी गर्दै प्रशासनले चार्डपर्वको समयमा आतिसबाजी, पटाका, भुइँचम्पा, बम वा अन्य कुनै विस्फोटक तथा आगलागी हुने पदार्थको खरिद, बिक्री, बुवानी र प्रयोग नगर्न नगराउन भनेको हो । यस्तै अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सृजना गर्ने, कालोबजारी, मूल्यवृद्धि, म्याद नाघेका वस्तु बिक्री वितरण गर्ने लगायतका उपभोक्ता हित विपरीतका कार्यहरु नगर्न समेत प्रशासनले सचेत गराएको छ ।
सवारी साधनमा क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, तोकिएको भाडादरभन्दा बढी भाडा नलिने, ट्राफिक नियम पालना गर्न गराउन, यात्रुहरुलाई कुनै सहयोग आवश्यक परे वा गुनासो भएमा फुङ्लिङ बजार स्थित तोक्मेडाँडामा स्थापित यातायात सहायता कक्षमा सम्पर्क गर्न पनि आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार चाडपर्वको बहानामा धार्मिक, जातीय वा सामाजिक सद्भावमा खलल पुग्ने कुनै पनि गतिविधि नगर्न नगराउन साथै गैरकानुनी रुपमा चिठ्ठा, जुवातास र अनलाइन सट्टेबाजीका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट समेत ठगी नगर्न हुन नदिने पनि प्रशासनले आग्रह गरेको छ ।
यस्तै सार्वजनिक स्थलमा भीडभाड, होहल्ला र हुलदंगा नगरी सभ्य र मर्यादित ढंगले चाडपर्व मनाउन तथा चाडपर्वको समयमा आपूर्ति, स्वास्थ्य तथा अन्य आपतकालीन सेवा सुचारु गर्ने, यसका लागि जिल्लामा उपलब्ध जनशक्ति र स्रोत साधन (एम्बुलेन्स, स्वास्थ्यकर्मी, स्काभेटर, सवारी साधन, क्रेन, चालक, इन्धन आदि) तयारी अवस्थामा राख्न पनि सुचनामा आग्रह गरिएको छ । देउसी, भैलो लगायतका कार्यक्रमहरु सञ्चालन गर्दा मर्यादित, अनुशासित एवं व्यवस्थित ढंगले सञ्चालन गर्न÷गराउन पनि प्रशासनद्धारी जारी सुचनामा उल्लेख गरिएको छ ।
ताप्लेजुङमा निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने
एसिका सेन्दाङ ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा ६ महिना अवधिको निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकार, उद्योग,

प्रतिकृया दिनुहोस