आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा दानबहादुर कार्कीको रिट दर्ता
काठमाण्डौ – प्रहरी महानिरीक्षक (आईजीपी) बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले हिजो सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन आज दर्ता भएको छ । कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पदमा खटाउने अस्ति बुधवारको मन्त्रिपरिषद् निर्णय बदर गर्न र केसीलाई आईजीपीको हैसियतमा कुनै काम कारबाही गर्न नदिन अन्तरिम आदेशको माग गर्दै हिजो सर्वोच्चमा रिट लगिएको थियो ।
कार्कीका तर्फबाट अधिवक्ता टीकाबहादुर कुँवरले पेश गरेको रिटमाथि छलफलपछि आज दर्ता भएको हो । आफ्नो कार्यकाल बाँकी रहँदै गैरकानूनी रूपमा हटाइएको दाबी कार्कीले रिटमा गर्नुभएको छ । केसीलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय तथा त्यसका आधारमा जारी भएका पत्र, पदस्थापन, पदबहाली र दर्ज्यानी चिह्न प्रदानलगायत सम्पूर्ण निर्णय तथा काम कारबाही उत्प्रेषणको आदेशबाट बदर गर्न माग गरिएको छ । यो रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । सामान्यतया रिट दर्ता भएको भोलिपल्टदेखि मुद्दाको पेशी तोक्ने प्रचलन छ । तर भोलिदेखि बिहीवारसम्म तिहार बिदा परेको छ ।
नेकपा एमाले ताप्लेजुङद्वारा शुभकामना आदान–प्रदान तथा चियापान
ताप्लेजुङ - नेकपा एमाले ताप्लेजुङले विभिन्न चाडपर्वहरूको अवसरमा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमका गरेको छ । नेपालीहरुको महान पर्वहरु
कुनै पदको लोभले पार्टी प्रबेश गरेको होइन – मादेन
बिक्रम लाम्गादे, फुङ्लिङ - पूर्व संबिधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । आज फुङ्लिङमा आयाजित पार्टीको पहिलो
कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्

प्रतिकृया दिनुहोस