कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । पार्टी कार्यालय सानेपामा आज आयोजित विशेष समारोहमा सभापति गगनकुमार थापाले शपथ ग्रहण गराउनुभएको हो । सभापति थापाले गएको असोज ३१ गते नै शपथ ग्रहण गर्नुभएको थियो । शपथ लगत्तै नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ ।
गएको असोज १८ देखि २३ गतेसम्म काठमाण्डौको खुलामञ्चमा सम्पन्न १५औँ महाधिवेशनबाट वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा डा। चन्द्रकान्त भण्डारी र ई। मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल र समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित हुनुभएको छ । त्यस्तै महामन्त्रीत्रयमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डा. डिला सङ्ग्रौला निर्वाचित हुनुभएको थियो । यसैगरी विभिन्न क्लस्टररबाट ११ जना सहमहामन्त्री निर्वाचित भएका छन् ।
कांग्रेसले चार जना केन्द्रीय सदस्यको भने शपथ रोकेको छ । अदालतमा मुद्दा विचाराधीन रहेकाले उनीहरूको शपथ रोकिएको छ । नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनिता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ लिन पाएनन् । शपथ ग्रहण र पदबहाली सम्पन्न भएसँगै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि सानेपामा बस्ने भएको छ ।
कांग्रेस प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा
काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ । नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश
देश गम्भीर अवस्थामा छ, नयाँ आन्दोलनका लागि तयार रहनुस् : ओली
काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् । उनले नयाँ आन्दोलनको
तरुण दलको स्थापना दिवसमा बिरामीहरूलाई फलफूल वितरण
ताप्लेजुङ - नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत बिरामीहरूलाई फलफूल

प्रतिकृया दिनुहोस