तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
काठमाडौं - यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले सार्वजनिक गरेको तथ्यांक अनुसार तिहारको ५ दिनमा खपत हुने यी मालाबाट मात्रै करिब ४८ करोड रुपैयाँ बराबर कारोबार हुनेछ । मालाका साथै घर, आँगन र कार्यालय सजाउन प्रयोग हुने ४३ लाख फूलका थुँगा र गमला समेत जोड्दा यस वर्षको तिहारमा समग्र पुष्प व्यवसायको कारोबार ६४ करोड ५० लाख पुग्ने प्रक्षेपण छ । फ्यानको तथ्यांक अनुसार यस वर्ष सबैभन्दा धेरै ४५ लाख वटा सयपत्री फूलको माला खपत हुनेछ, जसको थोक मूल्य औसत ९० रुपैयाँका दरले ४० करोड ५० लाख पर्न आउँछ । त्यस्तै ४५ रुपैयाँ औसत मूल्य रहेको मखमली फूलको ६ लाख मालाबाट २ करोड ७० लाख, १ हजार २ सय रुपैयाँ औसत मूल्य रहेको गोदावरी फूलको २० हजार मालाबाट २ करोड ४० लाख र ४ सय रुपैयाँ औसत मूल्य रहेको विभिन्न फूल मिसाइएको ९मिक्स० ६० हजार मालाबाट २ करोड ४० लाखको कारोबार हुने अनुमान छ । मालाबाहेक ३५ लाख सयपत्री फूलका थुँगा ९प्रतिथुँगा ३० रुपैयाँ० बाट १० करोड ५० लाख र ८ लाख गोदावरीका गमला ९प्रतिगमला ७५ रुपैयाँ० बाट ६ करोडको कारोबार हुने फ्यानले जनाएको छ ।
सातै प्रदेशमा फैलियो व्यावसायिक फूल खेती
पछिल्ला वर्षहरूमा नेपालमा सयपत्री फूलको व्यावसायिक उत्पादन उल्लेख्य रूपमा बढ्दै गएको फ्यानले जनाएको छ । अहिले सातै प्रदेशका विभिन्न जिल्लामा २ सय २५ हेक्टरभन्दा बढी क्षेत्रफलमा सयपत्रीको व्यावसायिक खेती विस्तार भइसकेको छ । फ्यानका अनुसार हाल काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, चितवन, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, झापा, इलाम, धनकुटा, सुनसरी, मोरङ, धनुषा, सर्लाही, सप्तरी, सिरहा, रुपन्देही, कास्की, स्याङ्जा, बाँके, पाल्पा, तनहुँ, दाङ र कैलाली लगायत जिल्लामा सयपत्रीको व्यावसायिक उत्पादन भइरहेको छ । फूल उत्पादन र बजार हरेक वर्ष विस्तार हुँदै जाँदा यसले कृषक तथा पुष्प व्यवसायीको आम्दानी वृद्धि र आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याएको छ ।
मखमलीमा आत्मनिर्भर स् २ लाख माला विदेश जाँदै
सयपत्रीमा केही आयात गर्नुपर्ने अवस्था रहे पनि मखमली फूलमा भने नेपाल पूर्णरूपमा आत्मनिर्भर बनेको फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठको दाबी छ । यस वर्ष मखमली फूलको ६ लाख मालाको बजार माग रहेकोमा ४ लाख माला आन्तरिक बजारमा खपत हुनेछ भने करिब २ लाख माला विदेश निर्यात हुने अनुमान छ । काठमाडौंको इचङ्गुनारायण, भक्तपुर गुन्डु, ललितपुर गोदावरी–बडिखेल सहित धादिङ, पाल्पा, कैलाली र इलाम लगायत क्षेत्रमा मखमली फूलको व्यावसायिक उत्पादन हुँदै आएको छ ।
असोजको बाढीले क्षति, ११ प्रतिशत आयात गर्नुपर्ने बाध्यता
गत वर्ष ४० लाख माला खपत भएकोमा यस वर्ष सयपत्रीको माग बढेर ४५ लाख पुगेको छ । तर, ९ देखि ११ असोजसम्म परेको अविरल वर्षाका कारण सयपत्री फूल खेतीमा क्षति पुगेको छ । बाढीपहिरोले क्षति पुर्याए पनि आन्तरिक उत्पादनबाट करिब ४० लाख माला बराबर आपूर्ति हुने र नपुग करिब ११।११ प्रतिशत मालामात्र आयात गरी व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको एसोसिएसनले जनाएको छ । फ्लोरिकल्चर एसोसिएसनले स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सम्पूर्ण उपभोक्ता तथा व्यापारीलाई आग्रह गरेको छ । उत्पादन क्षेत्रबाट बजार केन्द्रसम्म फूलको सहज ढुवानी र उचित मूल्य निर्धारणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको फ्यानले जनाएको अध्यक्ष श्रेष्ठले स्वदेशी फूल प्रयोगले समग्र अर्थतन्त्रमै सकारात्मक प्रभाव पार्ने बताए ।
‘ब्लड बैंक’मा रगतको मौज्दात सकियो, रक्तदान गर्न नेपाल रेडक्रसको आग्रह
काठमाण्डौ – ‘ब्लड बैंक’मा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । दशैँको बिदा
ताप्लेजुङ युके युवा समाजद्वारा मिर्गौला, क्यान्सर र मेरुदण्ड पीडित बिरामीलाई आर्थिक सहयोग
ताप्लेजुङ - ताप्लेजुङ युके युवा समाज बेलायतले ३ जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । मंगलबार फुङ्लिङमा आयोजित एक कार्यक्रमका बिच मिर्गौला, क्यान्सर
सरकारी कर्मचारीले गाडी किन्न ६० लाखसम्म ऋण पाउने
काठमाण्डौ – सरकारले सरकारी कर्मचारीलाई नयाँ गाडी खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका

प्रतिकृया दिनुहोस