बुधबार-कार्तिक-११-२०८३/ 28-Wednesday-October-2026

‘ब्लड बैंक’मा रगतको मौज्दात सकियो, रक्तदान गर्न नेपाल रेडक्रसको आग्रह

रेडियो तमोर
|

काठमाण्डौ – ‘ब्लड बैंक’मा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ ।

 

दशैँको बिदा अवधिमा केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू कम भएका र अस्पतालमा बिरामीका लागि आवश्यक रगतको माग उच्च हुँदै गइरहेकाले नेपाल रेडक्रसले आम रक्तदानका लागि विशेष अनुरोध गरेको हो ।

 

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीका अनुसार चाडपर्वका कारण कार्यालय तथा शैक्षिक संस्थामा भएको बिदाका कारण रक्तदानका कार्यक्रममा कमी आएको हो ।

 

केन्द्रमा सम्पूर्ण ग्रुपको होल ब्लड, पिआरबीसी र पिआरपीको मौज्दात सकिएको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । यसले गर्दा बिरामीका लागि आवश्यक रगतको व्यवस्थापनका लागि कठिनाइ भएको छ ।

 

रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ व्यक्तिलाई रक्तदान गर्न सोसाइटीले आग्रह गरेको छ ।

 

बिरामीका लागि रगत आवश्यक भएमा वा रक्तदानका लागि केन्द्रीय रक्तसञ्चार सेवामा सम्पर्क गर्न वा नेपाल रेडक्रसको निःशुल्क हटलाइन सेवा ११३० मा सम्पर्क गर्न सकिने रेडक्रसले जनाएको छ । 

प्रतिकृया दिनुहोस

तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला

काठमाडौं - यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले सार्वजनिक

ताप्लेजुङ युके युवा समाजद्वारा मिर्गौला, क्यान्सर र मेरुदण्ड पीडित बिरामीलाई आर्थिक सहयोग

ताप्लेजुङ - ताप्लेजुङ युके युवा समाज बेलायतले ३ जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । मंगलबार फुङ्लिङमा आयोजित एक कार्यक्रमका बिच मिर्गौला, क्यान्सर

सरकारी कर्मचारीले गाडी किन्न ६० लाखसम्म ऋण पाउने

काठमाण्डौ – सरकारले सरकारी कर्मचारीलाई नयाँ गाडी खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका

↑