ताप्लेजुङ युके युवा समाजद्वारा मिर्गौला, क्यान्सर र मेरुदण्ड पीडित बिरामीलाई आर्थिक सहयोग
ताप्लेजुङ - ताप्लेजुङ युके युवा समाज बेलायतले ३ जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । मंगलबार फुङ्लिङमा आयोजित एक कार्यक्रमका बिच मिर्गौला, क्यान्सर र मेरुदण्डसम्बन्धी समस्याबाट पीडित ताप्लेजुङका ३ जना बिरामीहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको समाजका महासचिव दिनेश लिङ्खिमले जानकारी दिनुभयो ।
उहाँका अनुसार मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका मिर्गौला रोगी मिङमाखाङ्डु शेर्पा र क्यान्सर रोगी मिङमाछेम्वी शेर्पालाई जनही ४० हजार रुपैयाँका दरले सहयोग प्रदान गरिएको छ ।
त्यस्तै, मेरुदण्ड भाँचिएर उपचार गराइरहेका फुङ्लिङ नगरपालिका–६ का दिनेश मादेनलाई ८० हजार रुपैयाँ गरी समाजले १ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बेलायतमा बसोबास गर्दै आएका ताप्लेजुङका युवाहरूले स्थापना गरेको यस संस्थाले उपचारमा आर्थिक समस्या भोगिरहेका बिरामीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग उपलब्ध गराउने गरेको समाजले जनाएको छ । बिरामीका आफन्तलाई समाजका महासचिव लिङ्खिमले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो ।
‘ब्लड बैंक’मा रगतको मौज्दात सकियो, रक्तदान गर्न नेपाल रेडक्रसको आग्रह
काठमाण्डौ – ‘ब्लड बैंक’मा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । दशैँको बिदा
तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
काठमाडौं - यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले सार्वजनिक
सरकारी कर्मचारीले गाडी किन्न ६० लाखसम्म ऋण पाउने
काठमाण्डौ – सरकारले सरकारी कर्मचारीलाई नयाँ गाडी खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ । ‘सरकारी कर्मचारीहरूका

प्रतिकृया दिनुहोस