बिहीबार-कार्तिक-१२-२०८३/ 29-Thursday-October-2026

देश गम्भीर अवस्थामा छ, नयाँ आन्दोलनका लागि तयार रहनुस् : ओली

रेडियो तमोर
|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् । 

 

उनले नयाँ आन्दोलनको विकल्प नरहेको पनि बताए । बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने बताए।

 

ओलीले भने, ‘यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले टिकाउने हो, आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो।’

 

आन्दोलन गर्न आँट गरिएन भने सकिने बताउँदै उनले दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र र शान्ति भनेर कराउँछन् तर धोका दिन्छन्।

 

 

प्रतिकृया दिनुहोस

कांग्रेस प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ ।  नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश

तरुण दलको स्थापना दिवसमा बिरामीहरूलाई फलफूल वितरण

ताप्लेजुङ - नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको ७३ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत बिरामीहरूलाई फलफूल

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब नाघ्यो

काठमाण्डौ – भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ

↑