चीन सरकारद्वारा मेरिङ्देन गाउँपालिकालाई अनुदानमा स्काभेटर प्रदान
फुङ्लिङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले चीन सरकारबाट करिब एक करोड ७० लाख रुपियाँ बराबरको स्काभेटर मेसिन अनुदानमा प्राप्त गरेको छ । गाउँपालिकाको पूर्वाधार विकास तथा सडक निर्माणको कामलाई तीव्रता दिने उद्देश्यले दुई वर्षदेखि गरिएको पहलपछि स्काभेटर प्राप्त भएको हो ।
गाउँपालिका अध्यक्ष युक हाङ विर हाङ्गामका अनुसार गाउँपालिकाले चीन सरकारसमक्ष स्काभेटर मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । सोही अनुरोधअनुसार चीन सरकारबाट अनुदान सहयोग प्राप्त भएको उहाँले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष दुर्गाहाङ सिरेङ चङ्बाङले बुधबार सिन्धुपाल्चोक जिल्लाको तातोपानी नाकामा आयोजित कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्दै स्काभेटर बुझ्नुभएको छ । उक्त मेसिन एक साताभित्र गाउँपालिकामा आइपुग्ने गाउँपालिका अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो । भौगोलिक रूपमा विकट रहेको मेरिङ्देन गाउँपालिकामा सडक निर्माण, स्तरोन्नति तथा अन्य पूर्वाधार विकासका कामलाई प्रभावकारी बनाउन स्काभेटर उपयोगी हुने गाउँपालिकाले जनाएको छ । मेसिन उपलब्ध भएपछि ग्रामीण सडक विस्तार, सडक मर्मत तथा नयाँ सडक निर्माणको काममा सहजता आउने अपेक्षा गरिएको छ । गाउँपालिकाका विभिन्न बस्तीलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन मेसिनले सहयोग पुग्ने अध्यक्ष हाङ्गामले बताउनुभयो । उहाँका अनुसार विकास निर्माणका कामलाई गति दिन र स्थानीय आवश्यकताअनुसार पूर्वाधार विस्तार गर्न स्काभेटरको अधिकतम सदुपयोग गरिनेछ ।
स्काभेटर प्राप्तिका लागि गरिएको पहलमा फक्ताङ्लुङ गाउँपालिका –७ का वडाध्यक्ष छेतेन शेर्पाले समन्वयमा सहयोग गर्नुभएको गाउँपालिकाले जनाएको छ । चीन सरकारबाट प्राप्त सहयोगले गाउँपालिकाको विकास निर्माणमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै अध्यक्ष हाङ्गामले मेसिनको उचित उपयोग गरी सडक तथा अन्य पूर्वाधार विकासका कामलाई प्राथमिकताका साथ अघि बढाइने बताउनुभयो।
‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि देखिन सक्ने
काठमाण्डाै – बङ्गालको खाडी विकसित भएर भारतीय भूमिमा प्रवेश गरेको ‘अर्नब’ चक्रवातको प्रभाव नेपालमा पनि आजै रातिदेखि पर्न सक्ने देखिएको छ
‘ब्लड बैंक’मा रगतको मौज्दात सकियो, रक्तदान गर्न नेपाल रेडक्रसको आग्रह
काठमाण्डौ – ‘ब्लड बैंक’मा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि रक्तदातालाई विशेष आग्रह गरेका छ । दशैँको बिदा
तिहारमा ५२ लाख फूलका माला खपत हुने, विदेश जाँदै मखमलीका २ लाख माला
काठमाडौं - यस वर्ष तिहारमा देशभरि ५१ लाख ८० हजार वटा विभिन्न फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल ९फ्यान० ले सार्वजनिक

प्रतिकृया दिनुहोस