मंगलबार-कार्तिक-१७-२०८३/ 03-Tuesday-November-2026

कुनै पदको लोभले पार्टी प्रबेश गरेको होइन – मादेन

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे, 
फुङ्लिङ -

पूर्व संबिधानसभा सदस्य सञ्चपाल मादेन श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको छ । आज फुङ्लिङमा आयाजित पार्टीको पहिलो स्थापना दिवसमा उहाँ श्रम संस्कृति पार्टीमा प्रवेश गर्नुभएको हो । मादेनलाई श्रम संस्कृति पार्टीका प्रदेश कमिटी अध्यक्ष प्रताप राई, उपाध्यक्ष लाक्पा तामाङ, ताप्लेजुङका अध्यक्ष  निमा शेर्पा लगायतले स्वागत गर्नुभएको थियो । यो संगै मादेन आजबाट औपचारिक रुपमा श्रमदाता भएको पार्टीका जिल्ला अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

 

मादेन तत्कालिन नेकपा माओबादी केन्द्रबाट २०६४ सालमा समानुपातिक कोटाबाट संबिधानसभा सदस्य बन्नुका साथै २०७० को दोस्रो संबिधानसभा सदस्यको निर्वाचनमा समेत उम्मेद्धार बन्नुभएको थियो । मादेन लामो समय राजनीतिक क्रियाकलापबाट टाढा हुनुहुन्थ्यो । पार्टी प्रबेश गरेसंगै उहाँले कुनै पदको लोभले पार्टी प्रबेश नगरेको बताउनुभएको छ । रेडियो तमोर संगको कुराकानीमा मादेनले पदको लोभले नभई कुशल श्रमदाताको रुपमा पार्टीमा समाहित भएको बताउनुभयो । ‘म पनि घरमा श्रम गरिरहेको छु, मलाई श्रम गर्न मन पर्छ उहाँले भन्नुभयो, ‘कुनै समय कम्युनिष्टले पनि श्रमको कुरा गरे, ‘तर नेताहरु पदमा लोभिए, अहिले हर्क सम्पाङ सच्चा श्रमदाता र भुईमान्छेको अभिभावक जस्तो लागेर पार्टीमा आएँ, उहाँले भन्नुभयो । अब तपाईको भूमिका के हुन्छ भन्ने प्रश्नमा उहाँले आफू सल्लाहकारको भूमिकामा इच्छा राखेको पार्टीमा रहेर गरिब र किसानको पक्षमा काम गर्ने तथा पार्टीले दिएको जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्ने बताउनुभयो ।

 

यस्तै दिवसकै अवसरमा सिदिङवा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जीवन ताम्लिङ समेत श्रम संस्कृति पार्टी प्रवेश गर्नूभएको छ । २०७४ सालमा भएको स्थानीय तहको पहिलो निर्वाचनबाट उपाध्यक्षमा निर्वाचित हुनु भएका ताम्लिङ श्रम संस्कृति पार्टीमा प्रवेश गर्नु भएको छ । ताम्लिङ नेकपा माओवादी केन्द्रबाट उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यस्तै २०७९ सालमा भएको दोश्रो स्थानीय तहको निर्वाचनमा ताम्लिङ १ मतले पराजित हुनु भएको थियो । पार्टीको प्रथम स्थापना दिवसको अवसरमा मादेन र ताम्लिङ सहितका अन्य नेताहरु समेत पार्टीमा प्रवेश गरेको अध्यक्ष शर्पाले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ

काठमाण्डौ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्

कांग्रेस प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा

काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला र प्रदेश अधिवेशन मङ्सिरमा हुने भएको छ ।  नवनिर्वाचित महामन्त्री उदयशमशेर राणाले गर्न बाँकी जिल्ला र प्रदेश

देश गम्भीर अवस्थामा छ, नयाँ आन्दोलनका लागि तयार रहनुस् : ओली

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेकाले आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् ।    उनले नयाँ आन्दोलनको

↑