आइतबार-कार्तिक-१५-२०८३/ 01-Sunday-November-2026

थेचम्बुमा सम्पन्न खुला क्लबस्तरिय फुटबल प्रतियोगीता अन्र्तगत पुरुष महिला दुबैको उपाधि पाँचथरलाई

बिक्रम लाम्गादे
|

ताप्लेजुङ - सनलाइट युनाइटेड युथ क्लब थेचम्बुद्वारा आयोजित खुला क्लबस्तरिय पुरुष फुटबल प्रतियोगीताको उपाधि दरिम्बा फुटबल क्लब पाँचथरले हात पारेको छ । बिहीबार सम्पन्न फाइनल खेलमा आदर्श मैदान एकेडेमी झापालाई २–० गोल अन्तरले पराजित गर्दै दरिम्बाले उपाधि चुम्न सफल भएको हो । उपाधिसँगै दरिम्बाले १ लाख २ हजार ८३ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको गरेको छ भने उपबिजेता बनेको आदर्श मैदान एकेडेमीले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । 


यता महिलातर्फ पनि पाँचथरकै लालिगुराँस फुटबल क्लबले बाजी मारेको छ । ताप्लेजुङको हिमालय शेर्पा युथ क्लबलाई ३–० गोल अन्तरले पाखा लगाउँदै लालिगुराँसले उपाधि जितेको हो ।  बिजेता बनेसंगै लालिगुराँसले ४१ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमालय शेर्पाले २१ हजार रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक तेजबिर मेन्याङ्बोले जानकारी दिनुभयो ।

बिजेताहरुलाई गाउँपालिकाका अध्यक्ष केशर कुमार सुब्बा लगायतले पुरस्कार प्रदान गर्नुभएको जनाइएको छ । गत कात्तिक ७ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ ११ र महिलातर्फ ५ टोली सहभागी भएको क्लबका सचिव लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । क्लबले प्रत्येक बर्ष बिजया दशमीको अवसरमा फुटबल प्रतियोगीता सञ्चालन गर्र्दै आएको छ ।

प्रतिकृया दिनुहोस

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन्

ताप्लेजुङ सहित चार जिल्लामा आज केन्द्रीय प्रसारण लाइन अवरुद्ध

ताप्लेजुङ - ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र

८ हजार मिटरमाथिका हिमालको संख्या १४ बाट २० पुर्‍याउने नेपालको प्रस्ताव

काठमाण्डौ - सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल

↑