वर्षाका कारण १२ भन्दा बढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
काठमाण्डौ - अविरल वर्षाका कारण आएको बाढी पहिरोले पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार धादिङको गजुरी गाउँपालिका–२ परेवा भिरमा रहेको पृथ्वी राजमार्गमा पहिरो खस्दा दुईतर्फी यातायात ठप्प भएको छ । काभ्रेको रोशी गाउँपालिकामा रहेको बीपी राजमार्गमा खहरे खोलाबाट लेदोसहितको पहिरो आएर बाटो बन्द छ ।
यसैबीच, रोशी, बागमती र कोदकु नदीमा जल सतहले सतर्कता पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसैगरी, सुर्खेतको कर्णाली राजमार्ग, मध्य पहाडी राजमार्गको खोटाङ खण्ड, ललितपुरको कान्ति लोकपथ र बागमती खोला करिडोरका विभिन्न स्थानमा पनि यातायात अवरुद्ध भएको छ ।
गुल्मी र पाल्पा खण्ड अन्तर्गत कालीगण्डकी करिडोर, मुगुको नाग्म–गमगढी सडक खण्ड तथा बुढीगण्डकी नदीको कटानका कारण खोरलाबेँसी क्षेत्रको सडक पनि पुनः बगाएको छ । लगातारको वर्षाले कुलेखानी जलाशय भरिएर पानीको सतह बढेकाले तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
अवरुद्ध सडकहरू खुलाउन प्रयास गरिरहेको सडक विभागले जनाएको छ ।
वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो
काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन्
ताप्लेजुङ सहित चार जिल्लामा आज केन्द्रीय प्रसारण लाइन अवरुद्ध
ताप्लेजुङ - ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र
८ हजार मिटरमाथिका हिमालको संख्या १४ बाट २० पुर्याउने नेपालको प्रस्ताव
काठमाण्डौ - सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल

प्रतिकृया दिनुहोस