वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो
काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि असोजसम्ममा धेरैजसो बैंकहरूको नाफामा सुधार आएको छ । केही बैंकको नाफामा सामान्य गिरावट देखिएको छ ।
बैंकहरूको नाफा गएको आर्थिक वर्षको यही अवधिको तुलनामा ६ अर्ब रुपैयाँले बढेको हो । गएको वर्षको पहिलो त्रैमासमा बैंकहरूले १३ अर्ब १४ करोड रुपैयाँ नाफा कमाएका थिए । यसरी बैंकहरूको खुद नाफा ४५.४६ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा १० वटा वाणिज्य बैंक १ अर्ब रुपैयाँभन्दा धेरै खुद नाफा आर्जन गर्न सफल भएका छन् । सबैभन्दा धेरै नाफा कमाउने सूचीको शीर्ष स्थानमा नबिल बैंक रहेको छ । नबिलले २ अर्ब ५५ करोड रुपैयाँ नाफा कमाएको छ ।
दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैंकले २ अर्ब ३१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले उल्लेखनीय सुधार गर्दै १ अर्ब ६४ करोड रुपैयाँ नाफा कमाएको छ ।१ अर्बभन्दा धेरै नाफा कमाउने अन्य बैंकहरूमा एभरेस्ट, प्राइम कमर्सियल, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी, कृषि विकास, कुमारी र सानिमा बैंक रहेका छन् । गएको वर्षको पहिलो त्रैमासमा २२ करोड रुपैयाँ नोक्सानीमा रहेको सिटिजन्स बैंक यस वर्ष १० करोड रुपैयाँ नाफा कमाउँदै घाटाबाट उस्किएको छ । यसैगरी लक्ष्मी सनराइज, प्रभु र सिद्धार्थ बैंकले पनि आफ्नो नाफामा दोब्बरभन्दा धेरैको वृद्धि गरेका छन् ।
ताप्लेजुङ सहित चार जिल्लामा आज केन्द्रीय प्रसारण लाइन अवरुद्ध
ताप्लेजुङ - ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र
८ हजार मिटरमाथिका हिमालको संख्या १४ बाट २० पुर्याउने नेपालको प्रस्ताव
काठमाण्डौ - सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल
वर्षाका कारण १२ भन्दा बढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध
काठमाण्डौ - अविरल वर्षाका कारण आएको बाढी पहिरोले पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्

प्रतिकृया दिनुहोस