आइतबार-कार्तिक-१५-२०८३/ 01-Sunday-November-2026

‘अर्नब’ को प्रभाव : ताप्लेजुङमा हवाई उडान अवरुद्ध

रेडियो तमोर
|

ताप्लेजुङ - बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ का कारण हिमाली क्षेत्रको मौसम प्रतिकूल भएपछि ताप्लेजुङमा हवाई उडान प्रभावित भएको छ । मौसम प्रतिकुल भएपछि ताप्लेजुङका बिहीबार र शनिबारका दुई उडान प्रभावित भएका हुन् । वर्षाका कारण भिजिबिली कम भएसँगै सुकेटा विमानस्थलमा आउने ट्विनअटर जहाजले उडान भर्न नसको नेपाल वायु सेवा निगम, ताप्लेजुङ स्टेसनका स्टेसन ईञ्चार्ज नारायणकुमार कार्कीले जानकारी दिनुभयो । 

 

जिल्लाको उच्च भेगमा हिमपात र तल्लो क्षेत्रमा वर्षा भएपछि भिजिबिलीटी कम भएसँगै साताको दुईओटा उडान प्रभावित भएको कार्यालय जनाएको छ । शनिबार उडान अवरुद्ध हुँदा ताप्लेजुङबाट प्रस्थान गर्ने १५ जना र काठमाडौँबाट आउने १२ जना यात्रु प्रभावित भएका छन् । हाल सातामा सोमबार, बिहीबार र शनिबार तीन काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भइरहेको छ । जिल्लामा पर्यटकलाई भ्रमण तथा अवलोकनका लागि उपयुक्त सिजन सुरु भएसँगे आवतजावत गर्ने यात्रु समेत वृद्धि भएको छ । साथै अतिआवश्यक कार्यका लागि जिल्ला बाहिरिने नागरिक समेत बढी हुँदा पुरै टिकट बिक्री भएपनि उडान प्रभावित हुँदा यात्रुहरु सेवा लिनबाट बञ्चित भएको इञ्चार्ज कार्कीको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन्

ताप्लेजुङ सहित चार जिल्लामा आज केन्द्रीय प्रसारण लाइन अवरुद्ध

ताप्लेजुङ - ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र

८ हजार मिटरमाथिका हिमालको संख्या १४ बाट २० पुर्‍याउने नेपालको प्रस्ताव

काठमाण्डौ - सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल

↑