ताप्लेजुङ सहित कोशीका ४ जिल्लामा शनिबार र आइतबार ९ घण्टा सम्म बिद्युत अबरुद्ध हुने
ताप्लेजुङ - कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको छ । बिद्युत प्राधिकारणले सबस्टेसन निर्माण तथा प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले दुहबी दमक १३२ के.भी. प्रसारण लाइन भोलि शनिबार र पर्सि आइतबार विद्युत बन्द हुने प्रधिकारणले जनाएको छ ।
जस अनुसार बिहान ४ बजेदेखि मध्यान्ह १२ बजेसम्म बिद्युत अबरुद्ध हुनेछ । जसअन्र्तगत झापा, इलाम, पाँचथर, ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरु तथा मोरङ जिल्लाको उलाबारी, पथरी आसपासका क्षेत्रहरु बिद्युत अबरुद्ध हुने मोरङ बितरण केन्द्रले जनाएको छ । यदी अत्याधिक वर्षको कारण शनिबार काम शुरु हुन नसकेमा आइतबार बिहान ४ बजे देखि बिहान ११ बजे सम्म र सोमबार बिहान ४ बजे देखि बिहान १० बजे सम्म समेत विद्युत आपूर्ति बन्द हुने प्राधिकरण जनाएको छ ।
वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो
काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन्
ताप्लेजुङ सहित चार जिल्लामा आज केन्द्रीय प्रसारण लाइन अवरुद्ध
ताप्लेजुङ - ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र
८ हजार मिटरमाथिका हिमालको संख्या १४ बाट २० पुर्याउने नेपालको प्रस्ताव
काठमाण्डौ - सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल

प्रतिकृया दिनुहोस