ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भिर घाइते
रेडियो तमोर
ताप्लेजुङ, कात्तिक १६ गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोक सिरुवारी चोकमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भिर घाइते भएका छन् । आइतबार साँझ करिब ७ः४५ बजे हेल्लोकको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा २४ वर्षीय चालक कुमार शेर्पा घाइते हुनु भएको छ ।
हेल्लोकबाट श्री पार्वती माध्यमिक विद्यालयतर्फ बालुवा बोकेर जाँदै गरेको मे १ त ७१८४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि मिक्वाखोला गाउँपालिका–१ रातमाटे खोक्लिङका चालक शेर्पा घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते शेर्पाको बाहिरी चोट नदेखिए पनि तत्काल बोल्न नसक्ने र अवस्था गम्भीर रहेको छ । घाइते शेर्पालाई दुर्घटनापछि थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याइएको थियो ।
घटनास्थलमा प्रहरी चौकी लेलेपबाट प्रहरी सहायक निरीक्षक जयकुमार लिम्बूको कमान्डमा टोली खटिएको थियो । दुर्घटनाग्रस्त ट्याक्टर घटनास्थलमै रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताप्लेजुङ सहित चार जिल्लामा आज केन्द्रीय प्रसारण लाइन अवरुद्ध
ताप्लेजुङ - ताप्लेजुङ सहितका कोशी प्रदेशका चार जिल्लामा आइतबार केन्द्रीय प्रसारण लाइन अवरुद्ध हुने छ । आइतबार आठ घण्टा ताप्लेजुङ, पाँचथर, इलाम र
ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री
ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक
कांग्रेस मिक्वाखोलाको पहलमा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान
बिक्रम लाम्गादे, फुङलिङ - दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान गरिएको छ । नेपाली कांग्रेसका मिक्वाखोला पालिका कार्यसमितिको पहलमा

प्रतिकृया दिनुहोस