शनिबार-कार्तिक-१-२०८३/ 17-Saturday-October-2026

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक वर्ष २०८३÷०८४ को साउनदेखि असोजसम्मको अवधिमा एक करोड दुई लाख ७५० रुपियाँको खाद्यान्न बिक्री भएको हो । 

 

गत आर्थिक वर्षमा २०८२÷०८३ मा एक करोड छ लाख रुपियाँको खाद्यान्न बिक्री गरेको कम्पनीले चालु आवको साउन, भदौ र असोजमै एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको शाखा प्रमुख प्रकाश तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवधिमा कुल एक हजार १८२ क्विन्टल बढीको खाद्यान्न बिक्री भएको छ । 

 

कार्यालयका अनुसार सबैभन्दा बढी जिरा मसिनो चामल ५० लाख ६५ हजार २५ रुपियाँको ५७२ क्विन्टल बिक्री भएको छ । त्यस्तै सोना चामल २० लाख ९० हजार ६२५ रुपियाँको ३४० क्विन्टल बिक्री भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । ताप्लेजुङमा कम्पनी स्थापना भएको ४८ वर्षपछि खाद्यले चिनी र दाल समेत बिक्री गर्न सुरु गरेको थियो । दुई साताकै छोटो अवधिमा २४८ दशमलब ५ क्विन्टल चिनी बिक्रीबाट २७ लाख ३५ हजार ५०५ रुपियाँ आम्दानी भएको कार्यालयले उल्लेख गरेको छ । 

 

यस्तै एक साताको अवधिमा उपभोक्ताले २१ दशमलव ५ क्विन्टल दाल खरिद गरेका छन् । जहाँबाट कुल तीन लाख १३ हजार ५०५ रुपियाँको आम्दानी भएको छ । चाडपर्वकै समयमा खाद्यले चिनी तथा दाल विशेष छुटमा बिक्री सुरु गरेपछि उपभोक्ताको चाप वृद्धि हुँदा धेरै परिमाणमा खाद्यान्न बिक्री गर्न सफल भएको कार्यालयको भनाइ छ । खाद्यले गत असोज १४ गतेदेखि चिनी प्रतिकिलोग्राम ११० रुपियाँमा र असोज २६ गतेदेखि दाल प्रतिकिलोग्राम १४५ रुपियाँमा बिक्री गर्न सुरु गरेको थियो ।

 

उपभोक्ताको माग अनुसार खानेतेल समेत बिक्रीका लागि प्रक्रियाका चरणमा रहेको शाखा प्रमुख तिम्सिनाले बताउनुभयो ।

 

 

 

प्रतिकृया दिनुहोस

कांग्रेस मिक्वाखोलाको पहलमा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान

बिक्रम लाम्गादे, फुङलिङ - दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत रकम प्रदान गरिएको छ । नेपाली कांग्रेसका मिक्वाखोला पालिका कार्यसमितिको पहलमा

कञ्चनजङ्घामा पर्यटकको चहलपहल बढ्यो

फुङ्लिङ, असोज २७ गते । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । भदौको तेस्रो सातादेखि सुरु भएको

ताप्लेजुङमा एकैदिन ७८ क्विन्टल बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले सोमबार ७८ क्विन्टल बढीको खाद्यान्न सामाग्री बिक्री गरेको छ । शाखाले एकैदिन ७८

↑