बिहीबार-कार्तिक-१९-२०८३/ 05-Thursday-November-2026

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटप

रेडियो तमोर
|

ताप्लेजुङ, कात्तिक १८ गते । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने दुई विद्यार्थीलाई ल्यापटप प्रदान गरेको छ ।

 

नगरपालिकाले शैक्षिक सत्र २०८२ को एसईई परीक्षामा नगरभित्रका सामुदायिक तथा परम्परागत विद्यालयबाट सर्वोत्कृष्ट जीपीए हासिल गर्ने एक छात्र र एक छात्रालाई ल्यापटपसहित सम्मान गरेको हो ।

 

नगरपालिकाको आर्थिक वर्ष २०८३।८४ को स्वीकृत नीति, बजेट तथा कार्यक्रमअनुसार विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले मङ्गलबार कार्यक्रम आयोजना गरी ल्यापटप वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

 

एसईईमा उत्कृष्ट जीपीए हासिल गर्ने छात्रतर्फ बालसुबोधिनी संस्कृत माध्यमिक विद्यालयका गस्तीहाङ पालुङ्वा र छात्रातर्फ भानुजन माध्यमिक विद्यालयकी निश्मा गुरुङ सम्मानित हुनुभएको हो ।

 

नगर प्रमुख अमिर मादेन र उपप्रमुख भीमादेवी ओझाले दुवै विद्यार्थीलाई सम्मानपत्रसहित एक–एक थान ल्यापटप प्रदान गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले विद्यार्थीलाई खादा र अबिर लगाएर सम्मान गर्नुभएको थियो । छात्रा गुरुङको सम्मानपत्र र ल्यापटप उहाँका बुबाले ग्रहण गर्नुभएको थियो ।

 

नगर प्रमुख मादेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख ओझा, प्रमुख प्रशासकीय अधिकृत पनेरु, शिक्षा अधिकृत प्रकाश पौडेल, वडाध्यक्ष, नगर शिक्षा समितिका सदस्य तथा विभिन्न विद्यालयका प्रधानाध्यापकको उपस्थिति रहेको थियो ।

 

विद्यार्थीको मेहनत र शैक्षिक उपलब्धिको कदर गर्दै प्रदान गरिएको प्रोत्साहनले अन्य विद्यार्थीलाई समेत अध्ययनमा उत्कृष्‍टता हासिल गर्न प्रेरित गर्ने नगरपालिकाले विश्वास लिएको छ ।

प्रतिकृया दिनुहोस

फुङलिङमा बेवारिसे जीवन बिताइरहेका वृद्धको उद्धार

ताप्लेजुङ - बिगत लामो समयदेखि ताप्लेजुङको फुङलिङ बजारमा बेवारिसे जीवन बिताइरहेका एक वृद्धको उद्धार गरिएको छ । आज स्थानीय समाजसेवी तथा विश्वकर्मा

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

काठमाण्डाै – सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ ।   संसदीय समितिको बैठकमा

रास्वपा ताप्लेजुङद्वारा दोभानका अग्निीपीडितलाई १ लाख ९२ हजार आर्थिक सहयोग

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा आगलागीबाट प्रभावित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले

↑