बुधबार-कार्तिक-१८-२०८३/ 04-Wednesday-November-2026

रास्वपा ताप्लेजुङद्वारा दोभानका अग्निीपीडितलाई १ लाख ९२ हजार आर्थिक सहयोग

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ दोभान बजारमा आगलागीबाट प्रभावित परिवारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङले आर्थिक सहयोग गरेको छ ।

 

आगलागीबाट प्रभावित १६ घरपरिवारलाई प्रतिपरिवार १२ हजार रुपियाँका दरले कुल एक लाख ९२ हजार रुपियाँ राहतस्वरूप हस्तान्तरण गरेको रास्वपा ताप्लेजुङका सचिव लिलाराज पौडेलले जानकारी दिनुभयो ।

 

आगलागीबाट घर तथा सम्पत्तिमा क्षति व्यहोरेका परिवारलाई तत्कालीन राहतस्वरूप सहयोग रकम उपलब्ध गराइएको उहाँले बताउनुभयो । राहत वितरण कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य मिङ्मा डण्डु शेर्पासहित जिल्ला तथा प्रदेश तहका नेताहरूको उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा पार्टीका जिल्ला निर्वतमान सभापति वीरेन्द्र श्रेष्ठ, जिल्ला सभापति राजन गुरुङ, कोशी प्रदेश समिति सदस्य इन्दिरा मेन्याङ्बो तथा जिल्ला तहका अन्य नेताहरू सहभागी हुनुभएको थियो । राहत हस्तान्तरण कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य शेर्पाले आगलागीबाट प्रभावित परिवारको दुःखमा पार्टीको ऐक्यबद्धता रहेको बताउनुभयो । विपद्का कारण समस्यामा परेका परिवारलाई सहयोग गर्न पाउँदा खुसी लागेको उहाँको भनाइ थियो । “दुःखको यस घडीमा प्रभावित परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै उहाँहरूको पीडामा सानो भए पनि साथ दिन पाउँदा खुसी छौँ,” शेर्पाले भन्नुभयो ।

 

गत असोज ८ गते दोभान बजारमा भएको आगलागीबाट १६ घरपरिवार प्रभावित भएका थिए । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपियाँ बराबरको क्षति भएको थियो ।

 

आगलागीबाट विस्थापित परिवारलाई विभिन्न सङ्घसंस्था, सामाजिक संस्था तथा व्यक्तिहरूले सहयोग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

वाणिज्य बैंकको नाफा १९ अर्ब ११ करोड नाघ्यो

काठमाण्डौ – चालू आर्थिक वर्ष २०८३र८४ को पहिलो त्रैमाससम्ममा नेपालका वाणिज्य बैंकहरूले १९ अर्ब ११ करोड रुपैयाँभन्दा धेरै खुद नाफा कमाएका छन्

८ हजार मिटरमाथिका हिमालको संख्या १४ बाट २० पुर्‍याउने नेपालको प्रस्ताव

काठमाण्डौ - सरकारले विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको अन्तर्राष्ट्रिय सूचीमा नेपालका थप ६ वटा हिमाललाई छुट्टै हिमालका रूपमा सूचीकृत गराउन पहल

वर्षाका कारण १२ भन्दा बढी सडक खण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाण्डौ - अविरल वर्षाका कारण आएको बाढी पहिरोले पृथ्वी राजमार्ग र बीपी राजमार्गसहित देशका १२ भन्दा बढी प्रमुख सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्

↑