ताप्लेजुङमा निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने
एसिका सेन्दाङ
ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा ६ महिना अवधिको निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तरर्गत घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक वर्ष २०८३÷०८४ वार्षिक कार्यक्रम मार्फत उक्त तालिम सञ्चालन गर्न लागिएको हो ।
तालिम फुङलिङस्थित भानुजन माद्यमिक विद्यालयको मातहतहमा रहने गरि स्थापना भएको आइटी एकेडेमीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङले जनाएको छ । कार्यालयका अनुसार तालिममा सहभागि हुन चाहाने इछुक नेपाली नागरिकले एसईई वा एसएलसी उत्तीर्ण प्रमाणपत्रको प्रतिलिपि र आधारभूत कम्प्युटर तालिमको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने छ । १८ देखि ४० वर्ष उमेर समुहको व्यक्तिले आवेदन दिन सकिने कार्यालयको भनाइ छ । तालिमका लागि २० जनाको सिट संख्या निर्धारण गरिएको छ ।
तालिमको आवेदन फारम कार्यालय वा कार्यालयको आधिकारिक फेसबुक पेजबाट प्राप्त गर्न सकिने छ भने कार्यालयको इमेल मार्फत बुझाउन सकिने बताइएको छ । आवेदन दिने अन्तिम म्याद आगामी कात्तिक २६ गतेसम्म तोकिएको छ ।
कार्यालयले यसअघि समेत गा्रफिक्स डिजाइन तथा वेभ डेभ्लोप्लमेन्ट तालिम सञ्चालन गरेको थियो । त्यस तालिममार्फत दुवै कोर्षटबा २०–२० गरि ४० जना विद्यार्थी लाभान्वित भएका छन् । तालिमबाट सिकेका सीपलाई उपयोग गरि केही विद्यार्थीले आम्दानी समेत गर्न थालेको आईटी एकेडेमी ताप्लेजुङका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार एकेडेमीबाट हालसम्म साढे २ सय भन्दाबढी विद्यार्थी दीक्षित भईसकेका छन् ।
विश्व बजारमा जनशक्ति प्रयोग गर्दै विदेशी मुद्रा नेपालमा भित्र्याउन आईटी एकेडेमी ताप्लेजुङले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । एकेडेमीको पछिल्लो समयमा लोकप्रियता समेत बढ्र्द गइरहेको छ । एकेडेमीमा ताप्लेजुङ बाहेक पाँचथर साथै मधेश प्रदेशको सप्तरीबाट समेत विद्यार्थी आएर अध्ययन गरिरहेका छन् ।
सभ्य र मर्यादित ढंगले चाडपर्व मनाउनु : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ
ताप्लेजुङ - जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिसबाजी, पटाका आगलागी हुने पदार्थको खरिद, बिक्री, बुवानी र प्रयोग नगर्ने आग्रह गरेको छ । आज एक सुचना
ताप्लेजुङमा निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने
एसिका सेन्दाङ ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा ६ महिना अवधिको निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकार, उद्योग,
ताप्लेजुङमा निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने
एसिका सेन्दाङ ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा ६ महिना अवधिको निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकार, उद्योग,

प्रतिकृया दिनुहोस