ताप्लेजुङ यु.के. समाजद्वारा दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत, दक्षिण कोरिया सम्पर्क समितिबाट खाद्यान्न सहयोग
फुङ्लिङ - ताप्लेजुङ यु.के. समाजले दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत प्रदान गरेको छ । समाजले आज एक कार्यक्रमका बिच पीडित परिवारलाई उक्त सहयोग रकम प्रदान गरेको मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङ्बिर हाङ्गाम (डम्बर) ले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतिपरिवार १२ हजार ५ सय रुपैयाँका दरले उक्त रकम पीडितलाई प्रदान गरिएको छ । यस्तै ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाबाट प्राप्त भएको सहयोग पनि हस्तान्तरण गरिएको अध्यक्ष हाङ्गामले जानकारी दिनुभयो । कोरियाबाट १६ पीडित परिवारलाई प्रतिपरिवार १ बोरा चामल, २ केजि नुन, २ केजी दाल, १.५ लिटर तेल राहत प्रदान गरेको थियो । उक्त सहयोग पनि आज नै बितरण गरिएको अध्यक्ष हाङगामले जानकारी दिनुभयो ।
गत असोज ८ गते भएको आगलागीबाट १० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने १६ परिवार प्रभावित भएका छन् । आगलागीबाट करिब १४ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । आगलागीपछि प्रभावित परिवारलाई स्थानीय तह, विभिन्न सङ्घसंस्था, राजनीतिक दल तथा सामाजिक अभियन्ताले राहत तथा सहयोग उपलब्ध गराउँदै आएका छन् । स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयले आगलागी पीडितलाई क्षतिको मूल्याङ्कन गरी ‘क’, ‘ख’ र ‘ग’ गरी ३ समुहमा बिभाजन गरेको छ ।
आज काग तिहार मनाइँदै
काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट
सभ्य र मर्यादित ढंगले चाडपर्व मनाउनु : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ
ताप्लेजुङ - जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिसबाजी, पटाका आगलागी हुने पदार्थको खरिद, बिक्री, बुवानी र प्रयोग नगर्ने आग्रह गरेको छ । आज एक सुचना
ताप्लेजुङमा निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने
एसिका सेन्दाङ ताप्लेजुङ, कात्तिक २० गते । ताप्लेजुङमा ६ महिना अवधिको निःशुल्क ग्राफिक डिजाइन तालिम सञ्चालन हुने भएको छ । कोशी प्रदेश सरकार, उद्योग,

प्रतिकृया दिनुहोस