आइतबार-कार्तिक-२९-२०८३/ 15-Sunday-November-2026

पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरे, यस बर्षकै सबैभन्दा बढी भक्तजन

बिक्रम लाम्गादे
|

ताप्लेजुङ - प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र बिकास समितिका अनुसार शनिबार (आज) ११ हजार २ सय ७२ जना भक्तजनले दर्शन गरेका हुन् ।

 

समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार यो संख्या यस बर्षको सबैभन्दा धेरै दर्शनार्थीको संख्या हो । यसअघि गत कार्तिक १७ गते १० हजार ६ सय १६ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । जुन यस बर्षको सबैभन्दा बढी दर्शनार्थीको संख्या थियो । उक्त संख्यालाई आज आउने भक्तजनको संख्याले पछि पारेको हो । यो बर्षको मुख्य सिजन पनि भएकाले भक्तजनको चाप बढेको पाथीभरा क्षेत्र बिकास समितिले जनाएको छ ।

 

भक्तजनको चाप बढेका कारण शुक्रबार साँझ फुङ्लिङ बजार तथा पाथीभरा स्थित काफ्लेपाटी र माथिल्लो फेदीका होटलहरु समेत भरिभराउ भएका थिए । दर्शनार्थीको सहजताका लागि पाथीभरा क्षेत्र बिकास समिति, उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ लगायतले सहजीकरण तथा समन्वय गरेको कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

ताप्लेजुङ यु.के. समाजद्वारा दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत, दक्षिण कोरिया सम्पर्क समितिबाट खाद्यान्न सहयोग

फुङ्लिङ - ताप्लेजुङ यु.के. समाजले दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत प्रदान गरेको छ । समाजले आज एक कार्यक्रमका बिच पीडित परिवारलाई उक्त सहयोग

आज काग तिहार मनाइँदै

काठमाण्डौ – कात्तिक कृष्ण त्रयोदशीका दिन आज यमराजको दूतका रूपमा कागलाई खानेकुरा खान दिएर काग तिहार मनाइँदैछ । यमराजले लोकको खबर कागका माध्यमबाट

सभ्य र मर्यादित ढंगले चाडपर्व मनाउनु : जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ

ताप्लेजुङ - जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आतिसबाजी, पटाका आगलागी हुने पदार्थको खरिद, बिक्री, बुवानी र प्रयोग नगर्ने आग्रह गरेको छ । आज एक सुचना

↑