बुधबार-मङ्सिर-२-२०८३/ 18-Wednesday-November-2026

ताप्लेजुङको क्याम्पस लाइनमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना पक्राउ

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

ताप्लेजुङ - गत कार्तिक २४ गते फुङ्लिङ–४, स्थित क्याम्पस लाइन टोलमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिरिजङ्घा गाउँपालिका–३, का निर सार्की मोटे भन्ने प्रीतिहाङ लिम्बु र सिदिङ्वा गाउँपालिका–७, घरभई फुङ्लिङ नगरपालिका–४, बस्ने ३८ बर्षीया बिना साउदेन (गुरुङ) रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सुचना अधिकारी विन्देश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार सोम गुरुङ गत कार्तिक २४ गते राती ११ बजे क्याम्पस लाइन स्थित मकैबारीमा मृत फेला परेका थिए । प्रारम्भिक अनुसन्धानका २ जनाको संलग्नता रहेको पाइएको र उनीहरु बिरुद्ध ज्यान सम्बन्धी मुद्धामा किटानी समेत परेकाले पक्राउ गरिएको हो । साथै पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी कार्यबिधि संहिता २०७४ को दफा १४ (३) बमोजिम जिल्ला अदालत ताप्लेजुङबाट ७ दिनको म्याद लिएर अनुसन्धानको कार्य भइरहेको सुचना अधिकारी यादवले जानकारी दिनुभयो । 


 

प्रतिकृया दिनुहोस

ताप्लेजुङको फुङलिङमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताप्लेजुङ -   ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा निःशुल्क ४ दिन आँखा शिविर सञ्चालन हुने भएको छ । आगामी मंसिर ५ गते देखि ८ गतेसम्म शिविर सञ्चालन हुने

पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरे, यस बर्षकै सबैभन्दा बढी भक्तजन

ताप्लेजुङ - प्रसिद्ध तीर्थस्थल पाथीभरामा शनिबार एकैदिन ११ हजार बढी भक्तजनले दर्शन गरेका छन् । पाथीभरा क्षेत्र बिकास समितिका अनुसार शनिबार (आज) ११ हजार

ताप्लेजुङ यु.के. समाजद्वारा दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत, दक्षिण कोरिया सम्पर्क समितिबाट खाद्यान्न सहयोग

फुङ्लिङ - ताप्लेजुङ यु.के. समाजले दोभान बजारका आगलागी पीडितलाई २ लाख राहत प्रदान गरेको छ । समाजले आज एक कार्यक्रमका बिच पीडित परिवारलाई उक्त सहयोग

↑