बिहीबार-मङ्सिर-१०-२०८३/ 26-Thursday-November-2026

पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले अपाङ्ग पहिचान लगायतका लागि दुई दिने शिबिर सञ्चालन गर्दै

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे,

फुङ्लिङ - ताप्लेजुङका दुई स्थानीय तहहरुले अपाङ्गता भएका व्यक्तिका लागि २ दिन शिबिर सञ्चालन गर्ने भएका छन् । जिल्लाका पाथीभरा याङ्वरक र फक्ताङ्लुङ गाउँपालिकाले अपाङ्ग व्यक्तिहरुको सहजता र पहिचान लगायतका लागि शिबिर सञ्चालन गर्न लागेका हुन् । जस अन्र्तगत पाथीभरा याङ्वरक गाउँपालिकामा अपाङ्गता सम्बन्धी बिशेषज्ञ प्रारम्भिक जाँच तथा आवश्यकता पहिचान गर्ने भएको छ ।

 

जसअन्र्तगत मंसिर १५ गते नाङ्खोल्याङ, थेचम्बु र तिरिङ्गेका लाभग्राहीलाई लक्षित गरी थेचम्बु वडा कार्यालयमा शिबिर हुनेछ भने मंसिर १६ गते डुम्रिसे चाक्सिबोटे र थुम्बेदिनका लाभग्राहीको सहजताका लागि चाक्सिबोटे वडा कार्यालमा शिबिर सञ्चालन गरिने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तेजनाथ पोखरेलले जानकारी दिनुभयो । जहाँ बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सेवा प्रवाह गरिने भएको छ । 


उता फक्ताङ्लुङ गाउँपालिकाले भने अपाङ्गता भएका व्यक्तिहरुको पहिचान, परिचय पत्र बितरण तथा शिबिर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत दिनेश भट्टराईका अनुसार मंसिर १८ गते सावादिन, खेजेनिम र लिङ्खिमका लाभग्राहीका लागि स्वास्थ्य चौकी लिङ्खिममा सेवा प्रवाह हुनेछ । यस्तै मंसिर १९ गते इखाबु, तापेथोक र लेलेपका लाभग्राहीलाई आधारभूत अस्पताल तापेथोकबाट सेवा प्रवाह हुनेछ । जहाँ बिहान १० बजेबाट सेवा प्रवाह गरिने गाउँपालिकाले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित १९ वर्षीय लिम्बु पक्राउ

बिक्रम लाम्गादे,  फुङलिङ - ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ७ का १९

फुङलिङ बजार भोलिदेखि पूर्ववत् रूपमा शुक्रबार बन्द हुने

ताप्लेजुङ - चाडबाडलाई लक्षित गरी शुक्रबार खुला हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार (भोलि) देखि पुनः बन्द हुने भएको छ । दशैं, तिहार,

ताप्लेजुङको क्याम्पस लाइनमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना पक्राउ

बिक्रम लाम्गादे, ताप्लेजुङ - गत कार्तिक २४ गते फुङ्लिङ–४, स्थित क्याम्पस लाइन टोलमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना

↑