शनिबार-मङ्सिर-५-२०८३/ 21-Saturday-November-2026

ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित १९ वर्षीय लिम्बु पक्राउ

बिक्रम लाम्गादे
|

बिक्रम लाम्गादे, 

फुङलिङ - ताप्लेजुङमा प्रतिबन्धित लागु औषध खैरो हेरोइन सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फुङलिङ नगरपालिका ७ का १९ वर्षीय आशिष लिम्बु रहका छन् ।

 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक तथा सुचना अधिकारी विन्देश्वर प्रसाद यादबका अनुसार लिम्बुलाई बिहिबार दिउँसो नियन्त्रणमा फुङ्लिङ स्थित तोक्मेडाँडा बसपार्कबाट नियन्त्रणमा लिइएको हो । लिम्बुको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ (१) ग्राम बरामद भएको सुचना अधिकारी यादबले जानकारी दिनुभयो ।  लिम्बुलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ को दफा २२ (ग) बमोजिम जिल्ला अदालतबाट ११ दिनको म्याद लिएर अनुसन्धान भइरहेको सुचना अधिकारी यादवको भनाई छ । 

 

प्रतिकृया दिनुहोस

फुङलिङ बजार भोलिदेखि पूर्ववत् रूपमा शुक्रबार बन्द हुने

ताप्लेजुङ - चाडबाडलाई लक्षित गरी शुक्रबार खुला हुँदै आएको ताप्लेजुङको सदरमुकाम फुङलिङ बजार शुक्रबार (भोलि) देखि पुनः बन्द हुने भएको छ । दशैं, तिहार,

ताप्लेजुङको क्याम्पस लाइनमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना पक्राउ

बिक्रम लाम्गादे, ताप्लेजुङ - गत कार्तिक २४ गते फुङ्लिङ–४, स्थित क्याम्पस लाइन टोलमा मृत भेटिएका सोमराज गुरुङको मृत्युको घटनामा संलग्न २ जना

ताप्लेजुङको फुङलिङमा चार दिने निःशुल्क आँखा शिविर सञ्चालन हुँदै

ताप्लेजुङ -   ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा निःशुल्क ४ दिन आँखा शिविर सञ्चालन हुने भएको छ । आगामी मंसिर ५ गते देखि ८ गतेसम्म शिविर सञ्चालन हुने

↑