नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय कार्यसमितिलाई हस्तान्तरण गरेको छ । पार्टी सञ्चालन तथा नवनिर्वाचित नेतृत्वलाई आर्थिक अभाव नहोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक हस्तान्तरण गरिएको निर्वाचन समितिले जनाएको छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया सम्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिको खातामा जम्मा भएको मौज्दात रकमबाट १ करोड रुपैयाँ पार्टी केन्द्रीय कार्यालयलाई हस्तान्तरण गरिएको हो । निर्वाचन समितिले निर्वाचन सम्पन्न गर्ने क्रममा सङ्कलित कुल रकमको हिसाबकिताब टुङ्ग्याउने कार्य जारी रहेको जनाएको छ । निर्वाचन समितिका पदाधिकारीहरूले महाधिवेशनका क्रममा कुनै पनि किसिमको व्यक्तिगत पारिश्रमिक वा भत्ता नलिई स्वयंसेवी रूपमा कार्यसम्पादन गरेको स्पष्ट पारेका छन् । सोही निःस्वार्थ योगदानका कारण बचेको रकम पार्टीको सङ्गठनात्मक सुदृढीकरण तथा नवनिर्वाचित नेतृत्वको कार्यसम्पादनलाई सहजीकरण गर्न हस्तान्तरण गरिएको समितिले स्पष्ट पारेको छ ।
नवनिर्वाचित नेतृत्वलाई केवल शुभकामना मात्र दिएर नपुग्ने भन्दै राजनीतिक तथा साङ्गठनिक अभियान सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य हुने निर्वाचन समितिको ठहर छ । सोही आवश्यकतालाई ध्यानमा राखी गगनकुमार थापासहितको नयाँ टिमलाई काम गर्न सहज होस् भन्ने हेतुले १ करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको समितिले जानकारी दिएको छ ।
जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा
काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित
ताप्लेजुङमा दलित मोर्चा जिल्ला कार्य समिति गठन
बिक्रम लाम्गादे, फुङ्लिङ - ताप्लेजुङमा नेपाल दलित मोर्चा जिल्ला कार्य समिति गठन गरिएको छ । आइतबार फुङ्लिङमा एक कार्यक्रमका बिच दिनेश खातीको
कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान
काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक

प्रतिकृया दिनुहोस