जादु र चमत्कार गर्छु भन्दिनँ, इमानदार कर्म गर्छु - सभापति थापा
काठमाडौं - नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले इमानदार कर्म गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टी कार्यालयमा आयोजित शपथग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बेइमानी नगरीकन कर्म गर्ने बताएका हुन् ।
‘जादु गर्छु, चमत्कार गर्छु म भन्दिनँ । म इमानदारीपूर्वक कर्म गर्छु। बेइमानी नगरीकन, नचुकीकन कर्म गर्छु,’सभापति थापाले भने । त्यस्तै, थापाले कांग्रेसलाई सबैले भरोसा गर्न लायक पार्टी बनाउने बताए। कांग्रेसलाई वैचारिक नेतृत्वको रूपमा उभ्याउने प्रतिबद्धता समेत थापाले व्यक्त गरेका छन्। कांग्रेसका असल मौलिक कुराहरूलाई यथावत राखेर कार्यशैली मात्रै बदल्ने उनले उल्लेख गरे। कांग्रेसलाई सामाजिक आन्दोलनको अगुवा बनाएर देखाउने उनले बताएका छन्।
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिद्वारा पार्टीलाई १ करोड रुपैयाँ हस्तान्तरण
काठमाडौँ - नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १५ औँ महाधिवेशन सम्पन्न भएपछि आफ्नो खातामा सङ्कलित रकममध्ये १ करोड रुपैयाँ केन्द्रीय
ताप्लेजुङमा दलित मोर्चा जिल्ला कार्य समिति गठन
बिक्रम लाम्गादे, फुङ्लिङ - ताप्लेजुङमा नेपाल दलित मोर्चा जिल्ला कार्य समिति गठन गरिएको छ । आइतबार फुङ्लिङमा एक कार्यक्रमका बिच दिनेश खातीको
कांग्रेस अधिवेशन : भोलि बिहान ७ बजे मात्रै मतदान
काठमाडौं - नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व छान्नका लागि आज मतदान नहुने पक्का भएको छ । बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक

प्रतिकृया दिनुहोस