आइतबार-कार्तिक-२-२०८३/ 18-Sunday-October-2026

तातोपानी नाका भोलिदेखि तीन दिन खुल्ने

रेडियो तमोर
|

काठमाण्डौ – चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी भोलिदेखि कात्तिक ३ गतेसम्म तीन दिनका लागि खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज प्रेस नोट निकाल्दै नाका सञ्चालन हुने जनाएको छ । मन्त्रालयका अनुसार नाका खुलेको समयमा मालवाहक गाडीलाई मात्र आवतजावतको अनुमति दिइएको छ । 

 

त्यसैले व्यापारिक प्रयोजनका सामान ढुवानी गर्ने गाडीले मात्रै यो नाका प्रयोग गर्न पाउनेछन् । यात्रुवाहक गाडी तथा सर्वसाधारणको आवतजावतबारे सूचनामा उल्लेख छैन । नेपाल र चीनबीचको व्यापारका लागि महत्वपूर्ण मानिने तातोपानी नाका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाको नेपाल–चीन सीमामा पर्दछ । यो नाका हुँदै चीनबाट नेपालमा विभिन्न औद्योगिक कच्चा पदार्थ, निर्माण सामग्री, लत्ताकपडा, विद्युतीय उपकरण तथा उपभोग्य वस्तु आयात हुने गर्छन् । 

 

नाका तीन दिनका लागि खुल्ने भएपछि सीमापार व्यापार तथा सामान ढुवानीमा संलग्न व्यवसायीलाई केही सहज हुने अपेक्षा गरिएको छ । तातोपानी नाका लामो समयदेखि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा चीनसँगको व्यापार प्रभावित भएको छ । 

प्रतिकृया दिनुहोस

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाण्डौ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ब्याडमिटनतर्फ ताप्लेजुङबाट १२ जना खेलाडी छनौट

ताप्लेजुङ - १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि जिल्ला ब्याडमिटन संघ ताप्लेजुङबाट १२ जना खेलाडी छनौट भएका छन् । गत बुधबार भएको छनौट

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक

↑