१० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ब्याडमिटनतर्फ ताप्लेजुङबाट १२ जना खेलाडी छनौट
ताप्लेजुङ - १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि जिल्ला ब्याडमिटन संघ ताप्लेजुङबाट १२ जना खेलाडी छनौट भएका छन् । गत बुधबार भएको छनौट प्रतियोगीताबाट पुरुषतर्फ ७ र महिलातर्फ ५ जना खेलाडी प्रदेशस्तरीय छनौटका लागि पठाइएको ब्याडमिटन संघ ताप्लेजुङका अध्यक्ष सुरेश सिंघकले जानकारी दिनुभयो । उहाँका अनुसार पुरुषतर्फ मिलन, गुरुङ, आशिष बिष्ट, मिसेकहाङ चोङबाङ, रुद्र बहादुर गुरुङ, करण लिम्बु, लक्ष्मण घतानी र रुपेश श्रेष्ट छनौट भएका हुन् ।
यस्तै महिलातर्फ भावनादेवी केदेम, भावना चुडाल, मिङ्मा डोमा शेर्पा, रेश्मा गुरुङ र रेखा मादेन छनौट भएको सचिव राजकुमार गुरुङले जानकारी दिनुभयो । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीता आगामी मंसिर १६ गतेदेखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुँदैछ । जसका लागि जिल्लास्तरबाट बिभिन्न बिधाका खेलाडीहरु छनौटको कार्य भइरहेको छ ।
तातोपानी नाका भोलिदेखि तीन दिन खुल्ने
काठमाण्डौ – चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी भोलिदेखि कात्तिक ३ गतेसम्म तीन दिनका लागि खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति
चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए
काठमाण्डौ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये
ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री
ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक

प्रतिकृया दिनुहोस