आइतबार-कार्तिक-२-२०८३/ 18-Sunday-October-2026

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

रेडियो तमोर
|

काठमाण्डौ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट थपिएका छन् । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार थपिएका सिटमध्ये एमबीबीएसतर्फ ११०, बीएससी नर्सिङतर्फ २१० र बीएमएसतर्फ ९८ रहेका छन् ।

 

थपिएका सबै सिट सरकारी शिक्षण संस्थालाई उपलब्ध गराइएको छ भने निजी कलेजहरूको सिट सङ्ख्या यथावत् राखिएको छ । सरकारी शिक्षण संस्थामा कम शुल्कमा अध्ययन गर्ने अवसर विस्तार गर्ने उद्देश्यले नयाँ सिट थपिएका हुन् ।  यसैबीच, कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा ५० सिटसहित एमबीबीएसको पढाइ सुरु हुने भएको छ । त्यसैगरी, धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसतर्फ ३० सिट थपिएका छन् ।

प्रतिकृया दिनुहोस

तातोपानी नाका भोलिदेखि तीन दिन खुल्ने

काठमाण्डौ – चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी भोलिदेखि कात्तिक ३ गतेसम्म तीन दिनका लागि खुल्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति

१० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि ब्याडमिटनतर्फ ताप्लेजुङबाट १२ जना खेलाडी छनौट

ताप्लेजुङ - १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि जिल्ला ब्याडमिटन संघ ताप्लेजुङबाट १२ जना खेलाडी छनौट भएका छन् । गत बुधबार भएको छनौट

ताप्लेजुङमा तीन महिनामै एक करोड बढीको खाद्यान्न बिक्री

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड ताप्लेजुङले तीन महिनाको अवधिमा एक करोड दुई लाख बढीको खाद्यान्न बिक्री गरेको छ । चालु आर्थिक

↑