दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने
दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा ठाउँबाट किनी घरमा ल्याएपछि तुरुन्तै काटेर फ्रिजमा राख्नुपर्छ र पकाउँदा छाला, बोसो हटाएर, कम नुन–मसला प्रयोग गरी उमालेर वा पक्कु बनाएर खानु स्वास्थ्य हितकर हुन्छ । चाडपर्वमा स्वास्थ्य राम्रो राख्न र ग्यास्ट्राइटिसबाट बच्न खानपान र जीवनशैलीमा सुधार ल्याउनु पर्छ, जसमा मासुका परिकारहरूसँगै हरियो सागसब्जी, फलफूल, दही र पर्याप्त पानी पिउनुका साथै निश्चित समयमा खाने र सुत्ने, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र तनावमुक्त भई सन्तुलित भोजन गर्नु पर्छ । नेपालीहरूको महान् चाड दसैँमा खानपान मुख्य रूपमा जोडिन्छ । यस समयमा मासुका विभिन्न परिकारको उपभोग धेरै हुन्छ, जसमा चिल्लो, पिरो र मसलाको सम्मिश्रण धेरै हुन्छ । स्वस्थ मानिसका लागि सन्तुलित मात्रामा खानपान गर्दा खासै समस्या नभएपनि मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । एक वयस्क मानिसलाई दिनमा करिब १०० ग्राम मासु पर्याप्त हुने भएकाले आफ्नो स्वास्थ्य स्थितिअनुसार चिनीयुक्त र गुलिया परिकार एवं बढी फ्याट भएका खानेकुराको मात्रा नियन्त्रण गर्नु आवश्यक हुन्छ । मासु तथा अन्य परिकार खरिद गर्दा र पकाउँदा विशेष ध्यान दिनुपर्छ ।
बजारबाट मासु किन्दा ताजा, राम्रो र सफा ठाउँबाट मात्र लिने तथा बासी, गन्ध आएको वा चिपचिप परेको मासु प्रयोग नगर्नु उचित हुन्छ । मासुलाई घरमा ल्याएपछि तुरुन्तै काटेर फ्रिजमा सुरक्षित राख्नुपर्छ । मासु पकाउँदा छाला र बोसो हटाएर, कम नुन–मसला प्रयोग गरी उमालेर वा पक्कु बनाएर खानु स्वास्थ्यका लागि हितकर हुन्छ । यस विपरीत बार्बीक्यु, सेकुवा वा तेलमा धेरै डढाएर फ्राइ गरिएका धुवाँदार परिकारहरू स्वास्थ्यका लागि अत्यन्तै हानिकारक हुन्छन् । साथै, कलेजो, गिदी, फोक्सो, मिर्गौला र आन्द्राभुँडी जस्ता भित्री अङ्गहरूमा फ्याटको मात्रा उच्च हुने भएकाले यस्ता परिकार धेरै खानुहुँदैन । सामान्यतया पेटमा थोरै असजिलो वा दुखाइ हुनेबित्तिकै चिकित्सकको परामर्शबिनै आफैँ एन्टासिड वा पेनकिलर जस्तै डाइक्लोफेनाक, नेप्रोक्सिन, आइबुप्रोफेन वा एस्पिरिन जस्ता औषधि किनेर खाने बानी गलत हो । यसरी जथाभावी औषधि सेवन गर्दा त्यसको असर साइड इफेक्ट हुन सक्छ र पेटको वास्तविक समस्या पत्ता नलाग्न सक्छ । पेट दुखाइका पछाडि खानपानको असन्तुलन, भोकै बस्ने बानी, पिरो र अमिलो खानेकुरा, धुम्रपान तथा मद्यपान जस्ता थुप्रै कारण हुन सक्छन् । त्यसैले कुनै पनि समस्या देखिएमा चिकित्सकको सल्लाह लिएर मात्र उपयुक्त औषधिको सेवन गर्नु सुरक्षित मानिन्छ । ग्यास्ट्राइटिस हुनुको सबैभन्दा प्रमुख कारण ‘एच पाइलोरी’ नामका ब्याक्टेरियाको सङ्क्रमण हो । यो ब्याक्टेरिया दूषित पानी, सरसफाइ नगरिएका सागसब्जी, फलफूल तथा सङ्क्रमित व्यक्तिको र्याल वा जुठो खानेकुराबाट सजिलै सर्ने गर्छ । यही कारण साना बालबालिकादेखि युवा र वयस्कसम्म सबै उमेर समूहका मानिसहरूमा यो समस्या देखिन सक्छ । एच पाइलोरीका साथै मानसिक तनाव स्ट्रेस, अनिँदो बस्ने बानी, दुखाइ कम गर्ने औषधिको बढी प्रयोग, धुम्रपान, मद्यपान र भोकै बस्ने वा एकाएक धेरै खाने जस्ता अस्वस्थ जीवनशैलीले पनि पेटमा एसिडको उत्पादन बढाए ग्यास्ट्रिक गराउँछ ।
चाडपर्वको समयमा स्वास्थ्यलाई राम्रो राख्न र ग्यास्ट्राइटिसबाट बच्न खानपान र जीवनशैलीमा सुधार ल्याउनु पर्छ । मासुका परिकारहरूसँगै हरियो सागसब्जी, ताजा फलफूल, दही र पर्याप्त मात्रामा शुद्ध पानी पिउनाले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत पुग्छ । निश्चित समयमा खाने र सुत्ने, धुम्रपान तथा मद्यपानबाट टाढा रहने र तनावमुक्त भई सन्तुलित भोजन गर्नाले चाडपर्वको आनन्द लिनुका साथै शरीरलाई पनि पूर्ण रुपमा स्वस्थ राख्न सकिन्छ ।
फ्रान्समा प्रदर्शनसँगै लुटपाट र आगजनी, एक हजार २०० जनाभन्दा धेरै पक्राउ
काठमाण्डौ - फ्रान्समा विद्यालयको अवस्था र बढ्दो महँगीविरुद्ध भएको विरोध प्रदर्शनका क्रममा हिंसा भड्किएको छ । प्रदर्शनका क्रममा देशका विभिन्न
दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट झन्डै ५ लाख यात्रु बाहिरिए
काठमाण्डौ – दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झन्डै पाँच लाख यात्रु बाहिरिएका छन् । घटस्थापनादेखि हिजो शनिवार असोज ३१ गतेसम्म सार्वजनिक
पाथीभरामा दर्शनार्थीले तीन महिनामा चढाए ३३ लाख बढी भेटी
ताप्लेजुङ - ताप्लेजुङको पाथीभरामा तीन महिनाको अवधिमा ३३ लाख बढी भेटी सङ्कलन भएको छ । चालु आर्थिक वर्षको तीन पछिल्लो तीन महिनामा ३३ लाख २६ हजार ६५०

प्रतिकृया दिनुहोस