बुधबार-कार्तिक-५-२०८३/ 21-Wednesday-October-2026

राष्ट्रिय भिटामिन ए कार्यक्रम २ हप्ता पर धकेलियो

रेडियो तमोर
|

काठमाण्डौ - राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ ।

 

नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम २ हप्ता पर धकेलिएको हो । विगतका वर्षहरूमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते अर्थात् आज र भोलिका दिन सञ्चालन हुँदै आएको भए तापनि यस वर्ष दशैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरी कात्तिक १७ र १८ गर्न लागिएको हो  ।

 

सरकारले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत दोस्रो चरणको औषधि वितरण भने वैशाख ६ र ७ गते हुने गरेको छ । ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकालाई भिटामिन ’ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने गरिन्छ । 

प्रतिकृया दिनुहोस

दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए

काठमाण्डौ - दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।    गएको असोज २५ गते घटस्थापनादेखि आज

ख्रीष्टियन समाज ताप्लेजुङद्वारा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत प्रदान

बिक्रम लाम्गादे, फुङ्लिङ - जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान बजारका आगलागी पीडितलाई राहत प्रदान गरेको छ । आज समाजले ३ लाख बढी रकम हस्तान्तरण

दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने 

दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा

↑