दशैँ मनाउन अहिलेसम्म झण्डै ५ लाख ३० हजार यात्रु बाहिरिए
काठमाण्डौ - दशैँ मनाउन काठमाण्डौ उपत्यकाबाट अहिलेसम्म झण्डै ५ लाख ३० हजारको संख्यामा यात्रु बाहिरिएका छन् ।
गएको असोज २५ गते घटस्थापनादेखि आज बिहानसम्म सार्वजनिक गाडीबाट ५ लाख २८ हजारको संख्यामा यात्रु बाहिरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी नरेशराज सुवेदीले जानकारी दिनुभएको छ । पोहोर पनि घटस्थापनादेखि एक हप्ताको समयमा साढे पाँच लाख जनाले उपत्यका छाडेका थिए ।
अघिल्लो वर्षभन्दा यसपालि अहिलेसम्म बाहिरिनेको सङ्ख्या झण्डै २० हजारले कम रहेको छ । पछिल्ला विपद्जन्य घटना, भोटेकोशी बाढी, सडकको अवस्था, बढ्दो महँगी तथा वैदेशिक रोजगारीलगायतका कारण दशैँमा काठमाण्डौ छोड्नेहरूको सङ्ख्या केही कमी आएको अनुमान छ ।
यस वर्ष दशैँ मनाउन झण्डै १० लाखले काठमाण्डौ उपत्यका छाड्ने अनुमान गरिएको छ । आज र भोलि पनि कतिपय गाउँघर जानेक्रम चल्नेछ । काठमाण्डौबाट बाहिरिने र भित्रने सबै नाकामा घटस्थापनादेखि बढेको चाप भने अहिले घट्न थालेको छ । आजदेखि सामान्य भन्दा कम मात्रै गाडी चलेको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
यस्तै घटस्थापना यता सार्वजनिक गाडीमार्फत काठमाण्डौ उपत्यका भित्रिने यात्रुको सङ्ख्या अहिलेसम्म झण्डै साढे २ लाख जना पुगेको छ । आज अहिलेसम्म कुनै पनि राजमार्ग तथा सडकमा अवरोध नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम २ हप्ता पर धकेलियो
काठमाण्डौ - राष्ट्रिय भिटामिन ए तथा जुकाको औषधि वितरण कार्यक्रम यही कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ । नेपाल सरकारले सञ्चालन गर्दै आएको
ख्रीष्टियन समाज ताप्लेजुङद्वारा दोभान बजारका आगलागी पीडितलाई ३ लाख बढी राहत प्रदान
बिक्रम लाम्गादे, फुङ्लिङ - जिल्ला ख्रीष्टियन समाज ताप्लेजुङले दोभान बजारका आगलागी पीडितलाई राहत प्रदान गरेको छ । आज समाजले ३ लाख बढी रकम हस्तान्तरण
दसैँमा मासुका परिकार खाँदा के - के कुरामा ध्यान दिने
दसैँमा मासुका परिकार धेरै खाइने हुनाले मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मिर्गौलाका बिरामीहरूले विशेष सावधानी अपनाउनुपर्छ । मासु ताजा, सफा

प्रतिकृया दिनुहोस