बिहीबार-असोज-२२-२०८३/ 08-Thursday-October-2026

पाथीभरामा गरियो भेडाको बथानको पूजा

रेडियो तमोर
|

ताप्लेजुङ - ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा भेडाको बथानको पूजा गरिएको छ । पाथीभरा उत्पतिको किम्बदन्तीसँग जोडिएको भेडाको बथानको सोमबार पूजा गरिएको हो ।

 

गोठमा पालिएका भेडाको बथान चरनको क्रममा पाथीभरा क्षेत्र पुगेपछि पूजाअर्चना गरिएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतका अनुसार एकसयभन्दा बढी सङ्ख्या रहेको भेडाको बथानको पूजा गरिएको हो । भेडाको बथानलाई पाथीभरा धामको मुख्य पूजास्थल परिक्रमा गराउनुका साथै पूजास्थलमा प्रवेश गराएर पूजा गरिएको महतले जानकारी दिनुभयो ।

 

पाथीभराका पुजारीले मुख्य पूजा स्थलमा प्रवेश गराई भेडाको बथानको विधिपूर्वक पूजाअर्चना गरी चरन क्षेत्रमा छोडिएको महतले बताउनुभयो । चरनमा रहेका भेडाहरु धाम परिसरमै पुगेपछि पाथीभराको उत्पतिसँग जोडिएको किम्बदन्तीअनुसार संयोग मिलेकोभन्दै भेडाको बथानको पूजा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

 

किम्बदन्ती अनुसार परापूर्वकालमा हालको पाथीभरा क्षेत्रमा गोठालाहरूले आफ्नो भेडीगोठ राखेका थिए । सोही समयमा एक दिन अचानक र अप्रत्यासित रुपमा देखिँदा देखिँदै गोठमा रहेका भेडाहरू अलप अर्थात हराएका थिए । त्यस्तो अकल्पनीय घटनाले स्तब्ध भएका गोठालालाई रातको सपनामा देवीले दर्शन दिँदै आफ्नो उत्पतिस्थलको बोध गराएको र भेडाको बलीसहित पूजा गर्न निर्देश भएको थियो ।

 

सोही आदेशबमोजित गोठालाहरूले देवीको आकृति उत्पन्नस्थलमा पूजाअर्चना गर्नुका साथै भेडाको बली दिएका र भेडाको बलीपछि हराएका भेडाहरू जस्ताको तस्तै हराएकै ठाउँमा देखा परेका थिए भन्ने किम्बदन्ती रहेको छ । भेडासँग पाथीभराको उत्पत्तिको किम्बदन्ती जोडिएका कारण पाथीभरा धाम क्षेत्रमा पुगेका भेडाको बथानलाई विधिपूर्वक पूजा गरी छोडिएको समितिका कर्मचारी महतको भनाइ छ ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङको सिरिजङ्गामा खेबाङ खेलकुद महोत्सव, फुटबल–भलिबल-म्याराथन प्रतियोगिता समावेश

ताप्लेजुङ - ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा आगामी कात्तिक १६ गतेदेखि खेबाङ खेलकुद महोत्सव हुने भएको छ । सिरिजङ्गा गाउँपालिकाको खेबाङमा

इलाका प्रशासन कार्यालय तेल्लोकबाट झण्डै २ सय नागरिकले सेवा पाए

ताप्लेजुङ - ताप्लेजुङको तेल्लोकमा इलाका प्रशासन कार्यालय स्थापना भएको डेढ महिना नपुग्दै झण्डै दुई सय जना नागरिकले सेवा लिएका छन् । सिरिजङ्गा

ताप्लेजुङको तेल्लोकमा बजार अनुगमन : म्याद गुज्रिएका खाद्यान्न सामाग्री जफत गरि नष्ट

ताप्लेजुङ - ताप्लेजुङको तेल्लोकमा म्याद गुज्रिएका खाद्यान्न सामाग्रीहरू जफत गरि नष्ट गरिएको छ । सिरीजंघा गाउँपालिका ४ तेल्लोकमा सञ्चालित बजार

↑