विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउँदै फक्ताङलुङ
ताप्लेजुङ - ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रमसँगै विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउने अभियान सुरु गरेको छ ।
गाउँपालिका शिक्षा समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष राजन लिम्बू ‘मुक्ति’ले फक्ताङलुङ–सिसवा गाउँका कक्षा ८ को पढाइ छाडेका मनिष राईलाई पुनः विद्यालय फर्काउने वातावरण बनेको जानकारी दिनुभयो।
“एउटा विद्यार्थी विद्यालय फर्कनु भनेको एउटा भविष्य उज्यालोतर्फ फर्कनु हो,” अध्यक्ष लिम्बूले भन्नुभयो। मनिष र उहाँका अभिभावकसँग छलफल गरेपछि पढाइलाई निरन्तरता दिने वातावरण बनेको उहाँले बताउनुभयो। पढाइको महत्त्व, अभिभावक शिक्षा तथा विद्यालय छाडेका विद्यार्थीलाई पुनः विद्यालय फर्काउन सहजीकरण गरेकोमा सामर्थ्य फाउन्डेसनका कार्यक्रम संयोजक राजेन्द्रप्रसाद पन्त र सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रमणि केदेम सुब्बालाई अध्यक्ष लिम्बूले धन्यवाद दिनुभएको छ।
फक्ताङलुङका कुनै पनि बालबालिका शिक्षा, अवसर र सम्भावनाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले शैक्षिक जागरण अभियान सञ्चालन गरिएको अध्यक्ष लिम्बूले बताउनुभयो। त्यसकै एक प्रारूपका रूपमा गाउँपालिकाले सबै वडाका टोल–टोलमा पुगेर अभिभावकलाई शिक्षाको महत्वबारे सचेत गराउँदै अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो।
प्रभावकारी शिक्षण–सिकाइको वातावरण बनाउन गाउँपालिकाले सामर्थ्य फाउन्डेसन, फेज नेपाल, एक्सन फर नेपाल, ह्युमन प्राक्टिस फाउन्डेसन, हिमालयन डेभलपमेन्ट फाउन्डेसन अस्ट्रेलिया, पुतली सहयोग परियोजना र रिड नेपाललगायत संस्थालाई शैक्षिक क्षेत्रमा जिम्मेवारी दिएको छ। उत्तरी हिमाली क्षेत्रका १० वडामा करिब १७ वर्षदेखि रिड नेपालको नामबाट सञ्चालन हुँदै आएको हिमालयन ट्रस्ट युकेको आर्थिक सहयोगमा सञ्चालित शैक्षिक कार्यक्रम अहिले सामर्थ्य फाउन्डेसनमार्फत सञ्चालन भइरहेको गाउँपालिकाले जनाएको छ।
केत्तकुम लिबाङ पाङ्पत सयङद्वारा एक करोडको शैक्षिक अक्षयकोष स्थापना
ताप्लेजुङ – केत्तकुम लिबाङ पाङ्पत सयङले एक करोड रुपियाँको शैक्षिक अक्षयकोष स्थापना गरेको छ। काठमाडौंको अनामनगरस्थित सिलौटो कटेजमा शनिबार
ताप्लेजुङमा चार दिनमै ९५ क्विन्टल चिनी बिक्री
ताप्लेजुङ - ताप्लेजुङमा चार दिनको अवधिमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ९५ क्विन्टल चिनी बिक्री गरेको छ । स्थापना भएको ४८ वर्षपछि
समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान
ताप्लेजुङ - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही

प्रतिकृया दिनुहोस