कार्की परिवारले स्थापना गरे मयाम मावि फुरुम्वुमा दुई लाख रुपैयाँको अक्षयकोष
ताप्लेजुङ – पूर्व विद्यार्थी तथा समाजसेवी व्यक्तिहरूले मयाम माध्यमिक विद्यालय फुरुम्बुमा अक्षयकोष स्थापना गर्नु भएको छ । शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने उद्देश्यसहित पुर्व विद्यार्थी तथा दम्पतीले आफ्ना बुवा तथा आमाहरूको वार्षिक पुण्य तिथिको अवसरमा अक्षयकोष स्थापना गर्नु भएको हो ।
स्व. बुवा जानबहादुर कार्की, आमाहरु स्व. चन्द्रमाया कार्की, स्व. विष्णुमाया रिजाल कार्की र स्व. डिकुरा खड्का कार्की वार्षिक पुण्य तिथिको अवसरमा छोरा बुहारीहरू रामबहादुर कार्की तथा दिलमाया कार्की र दिपक कार्की तथा इन्दिरा बस्नेत कार्कीले अक्षयकोष स्थापना गर्नु भएको विद्यालयका प्रधानाध्यापक नविन कार्कीले बताउनुभयो । उहाँका अनुसार समाजसेवी दम्पतीले दुई लाख १०१ रुपियाँको अक्षयकोष स्थापना गर्नु भएको हो । अक्षयकोष बापतको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष गुरुङलाई दाताले एकमुष्ट रुपमा हस्तान्तरण गरेको छ ।
शैक्षिक उन्नति र विद्यार्थीहरूको उज्वल भविष्य तथा विद्यालयको दीर्घकालीन शैक्षिक सुधारमा सहयोग पु¥याउने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको दीपक कार्कीले बताउनुभयो । अक्षयकोष स्थापनापछि वार्षिक रुपमा प्राप्त हुने ब्याजबाट हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतको कार्यक्रम गर्ने विद्यालयले जनाएको छ ।
यस्तै विद्यालयमा पहिलो पटक कार्की परिवारले अक्षयकोष स्थापना गर्नू भएको प्रधानाध्यापक कार्कीले जानकारी दिनुभयो । चार जना अक्षयकोष दातालाई विद्यालयले दोसल्ला ओढाएर सम्मान पत्र समेत प्रदान गरि सम्मान गरिएको छ । फुङलिङ नगरपालिका १० नं. वडाका वडाध्यक्ष सन्तोष नुगो लिम्बूले दातालाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरि सम्मान गरिएको छ । त्यस्तै परिवारका अन्य सदस्यहरूलाई समेत खादा लगाएर सम्मान गरिएको बताइएको छ । विद्यालय जस्तो पवित्र क्षेत्रमा स्थापना गरिएको अक्षयकोषको प्रशंसा गर्दै यसले अन्य व्यक्ति तथा परिवारमा समेत अक्षयकोष रकम जम्मा गर्नका लागि प्रेरणा मिल्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरुङले विश्वास व्यक्त गर्नू भएको थियो ।
समाजसेवी भण्डारीद्वारा जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला प्रदान
ताप्लेजुङ - फुङ्लिङ ९ का स्थानीय समाजसेवी गायत्री भण्डारीले जनता माध्यमिक बिद्यालयका बिद्यार्थीलाई १ सय ३ थान झोला बितरण गर्नुभएको छ । सोही
अरिङ्गाल झार्ने क्रममा लडेर ताप्लेजुङका ५० वर्षीय सुनुवारको मृत्यु
ताप्लेजुङ - ताप्लेजुङको फुङलिङ नगरपालिका –१ का एक व्यक्तिको अरिङ्गाल झार्ने क्रममा लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा फुङलिङ नगरपालिका –१ निवासी
चाडपर्वलाई लक्षित गर्दै ताप्लेजुङको फुङलिङ बजार शुक्रवार खुला हुने
ताप्लेजुङ - साताको प्रत्येक शुक्रवार बन्द हुँदै आएको ताप्लेजुङ सदरमुकामको फुङलिङ बजार आगामी शुक्रवार देखि खुला हुने भएको छ । ताप्लेजुङ उद्योग

प्रतिकृया दिनुहोस