बुधबार-असोज-१४-२०८३/ 30-Wednesday-September-2026

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङले चिनी बिक्री सुरु गर्दै

कृष्ण फुरुम्बो लिम्बू
|

ताप्लेजुङ - खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले चिनी समेत बिक्री सुरु गर्ने भएको छ । हालसम्म चामलमात्र बिक्री गर्दै आइरहेको शाखाले बुधबारबाट चिनी समेत बिक्री गर्ने भएको हो । 

 

पहिलो चरण १८ हजार किलोग्राम चिनी जिल्लामा आइपुगेको शाखाका कार्यालय ताप्लेजुङका प्रमुख प्रकाश तिम्सिनाले बताउनुभयो । उहाँका अनुसार मङ्गलबार तीन सय ६० बोरा चिनी कार्यालयमा आइपुगेको छ । बुधबार बिहान कार्यालय समयदेखि बिक्री वितरण गर्ने गरि सम्पूर्ण तयारी पुरा भएको प्रमुख तिम्सिनाले जानकारी दिनुभयो । शाखामार्फत उपभोक्ताले प्रतिकिलोग्राम ११० रुपियाँमा चिनी प्राप्त गर्न सक्ने भएका छन् । 

 

कार्यालयका अनुसार एक व्यक्ति तथा परिवारले बढीमा ६ किलोग्राममात्र खरिद गर्न पाउनेछन् । खाद्यबाट खरिद गरिएको चिनी व्यक्तिगत उपभोगका लागि मात्र भएको कार्यालयले जनाएको छ । खाद्यबाट खरिद गरेको चिनी व्यवसायिक हिसाबले अन्य उपभोक्तालाई बिक्री वितरण गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने समेत जनाइएको छ । 

 

चाडपर्वलाई लक्षित  गर्दै चामल सहित चिनी, दाल, तेल लगायतका अन्य दैनिक उपभोग्य वस्तु बिक्रीका लागि योजना बनाइएपनि चिनीको बिक्री प्रक्रिया मात्र सुरु गर्न सफल भएको कार्यालय प्रमुख तिम्सिनाको भनाइ छ । भावी दिनमा अन्य सामाग्रीको समेत बिक्री गर्ने गरि थप पहल जारी राखिएको उहाँले बताउनुभयो । 

 

वि। सं। २०३५ सालमा ताप्लेजुङमा स्थापना भएको खाद्यले करिब ४८ वर्षपछि चिनी बिक्री गर्न सुरु गरेको हो । हालसम्म चामलका मात्र विक्री वितरण हुँदै आइरहेको थियो । चामल हाल २५ केजीको स्टिम जिरा मसिनो प्रतिबोरा दुई हजार एक सय पचहत्तर रुपियाँ र सोना मन्सुली चामल प्रतिबोरा एक हजार चार सय पच्चीस रुपियाँमा बिक्री भइरहेको छ । कार्यालयले गत आवमा एक करोड ६ लाख रुपियाँ बढीको चामल बिक्री गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

श्रम संस्कृति पार्टी ताप्लेजुङद्वारा ६ ओटा घर निर्माण गरि हस्तान्तरण

ताप्लेजुङ - श्रम संस्कृति पार्टी ताप्लेजुङले ६ ओटा घर निर्माण गरि हस्तान्तरण गरेका छन् । पार्टीले जिल्ला भित्रका विभिन्न परिवारलाई श्रमदान मार्फत

दोभान अग्निपीडितलाई एमाले ताप्लेजुङ र मेरिङ्देन कमिटीद्वारा ४ लाख २१ हजार बढी आर्थिक सहयोग

ताप्लेजुङ - ताप्लेजुङको मेरिङ्देन गाउँपालिका –३ खाम्लुङस्थित दोभान बजारका अग्निपीडित १७ परिवारलाई नेकपा (एमाले) ले चार लाख २१ हजार ११० रुपियाँ

ताप्लेजुङको दोभान बजारमा बिद्युत सर्ट भएर आगलागी, १० घर जले

ताप्लेजुङ - ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा भीषण आगलागी भएको छ । बिहिबार दिउँसो भएको आगलागीबाट हालसम्म १० घर जलेर नष्ट भएको

↑