शुक्रबार-असोज-९-२०८३/ 25-Friday-September-2026

ताप्लेजुङको दोभान बजारमा बिद्युत सर्ट भएर आगलागी, १० घर जले

बिक्रम लाम्गादे
|

ताप्लेजुङ - ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र दोभान बजारमा भीषण आगलागी भएको छ । बिहिबार दिउँसो भएको आगलागीबाट हालसम्म १० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । ९ वटा घर पूर्ण रुपमा र एउटा आंशिक क्षति भएको हो । हाल आगो नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र फुङ्लिङ नगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा आएको हो ।

 

आगलागीबाट स्थानीय याम बहादुर लिम्बुको पूर्ण रुपमा कच्ची र पसलमा क्षति भएको, घनश्याम खरेलको कच्ची घर र रेडिमेट कपडा पसल, राजु शेर्पाको कच्ची घर र घरमा रहेको मासु पसलमा क्षति भएको हो । यस्तै शुकबिर लिम्बुको कच्ची घर र घरमा रहेको मासु पसल, भिम लिम्बुको २ वटा कच्ची घर र घरमा रहेको ४ होटल र सुन पसल, राजेन्द्र पौडेलको पक्की घर र घरमा रहेको किराना पसल, चन्द्र पौडेलको घर र घरमा रहेको किराना पसल र डण्डु शेर्पाको २ वटा पक्की घरमा आंशिक क्षति र कच्ची घर र घरमा रहेको किराना पसल पूर्ण रुपमा नष्ट भएको हो । उक्त ठाउँमा हाल करिब ५० घरहरु रहेका छन् ।  प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालका अनुसार स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत सर्ट भएर आगालागी सुरु भएको हो । 

 

यसअघि २०७७ सालमा पनि दोभान बजारमा भीषण आगलागी भएको थियो । त्यसबेला भएको आगलागीबाट करिव ४० वटा बढी घर जलेर नस्ट भएका थिए । यस्तै आगलागीका क्रममा दुई जना घाइते भएको छन् । प्रहरीका अनुसार स्थानीय ४८ बर्षीय निमादिकी शेर्पा र २५ बर्षीय फुसाङ शेर्पा रहेका छन् । उनीहरुलाई उपचारका लागि चाँगे स्वास्थ्य चौकी लगिएको छ । आगलागीबाट भएको क्षतिको बिवरण संकलनको कार्य जारी रहेको छ । 

प्रतिकृया दिनुहोस

प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम

ताप्लेजुङ - संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम

अर्बुद रोग निवारण संस्थाद्वारा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण

ताप्लेजुङ - नेपाल अर्बुद रोग निवारण संस्था ताप्लेजुङले २४ जना बिरामीलाई फलफुल बितरण गरेको छ । बुधबार संस्थाको ४४ औँ स्थापना दिवसको अवसरमा जिल्ला

ताप्लेजुङमा असोज ५ गतेदेखि खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुने

ताप्लेजुङ - ताप्लेजुङमा आर्थिक वर्ष २०८३÷८४ को प्रथम चरणको खोरेत रोगविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा

↑