बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

ताप्लेजुङको खेबाङमा खेलकुद महोत्सव हुँदै 

रेडियो तमोर
|

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेलकुद महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिकाको खेबाङमा आगामी कात्ति १६ गते देखि २१ गते सम्म खेलकुद महोत्सव हुने भएको हो । 

 

खेबाङ स्पोर्टिङ क्लबको आयोजनामा ६ दिने खेलकुद महोत्सव हुन लागेको क्लबका सचिव तथा खेल संयोजक दिप्सन परियारले जानकारी दिनुभयो । उहाँका अनुसार विगतका वर्षमा खेबाङ गोल्डकप सञ्चालन गरिएको र यस वर्षदेखि विविध खेलकुद समेटिएकाले खेलकुद महोत्सव मनाउन लागिएको हो । क्लबका अनुसार यस वर्ष खुल्ला पुरुष फुटबल प्रतियोगिता, वडास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, हाल्फ म्याराथन प्रतियोगिता साथै अन्य विविध सांस्कृतिक कार्यक्रमहरु समेत सञ्चालन हुनेछन् । 

 

सिरीजंघाको गौरव कञ्चनजंघा स्वास्थ्य लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित महोत्सव सञ्चालन गर्ने तयारी सुरु भएको क्लबले जनाएको छ । महोत्सव खेवाङ स्पोर्टिङ क्लबको खेल मैदानमा सञ्चालन गर्ने क्लवको तयारी छ । प्रतियोगिताका विजेता, उपविजेताले प्राप्त गर्ने पुरस्कार राशिको विषयमा आयोजकले केही दिन पछि टुङगो लगाउने क्लबका अध्यक्ष विनम मावोले बताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

बाढीपीडितका लागि साङ्क देछ्योलिङ गोन्पा विद्यालयद्वारा आर्थिक सहयोग प्रदान 

ताप्लेजुङ –  श्री साङक देछयोलिङ गोन्पा विद्यालय परिवारले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका आर्थिक सहयोग संकलन गरेको छ । गत भदौ १० गते गएको

विरेन्द्र युवा क्लबले चुम्यो कुलकर्ण महिला फुटसलको उपाधि

ताप्लेजुङ - हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित प्रथम कुलकर्ण महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लब फुङ्लिङ–५ ‘ए’ ले

ताप्लेजुङमा बेपत्ता भएको ६ दिनपछि महिला मृतअवस्थामा फेला

ताप्लेजुङ – ताप्लेजुङको निगुरादिनमा बेपत्ता भएको ६ दिनपछि एक महिला मृत अवस्थामा फेला परेको छ ।  आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनकी ३३