अर्बुद रोग निवारण संस्थाद्वारा जिल्ला अस्पताल ताप्लेजुङका बिरामीलाई फलफुल बितरण
ताप्लेजुङ - नेपाल अर्बुद रोग निवारण संस्था ताप्लेजुङले २४ जना बिरामीलाई फलफुल बितरण गरेको छ । बुधबार संस्थाको ४४ औँ स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत बिरामीको स्वस्थ्यलाभको कामना गर्दै फलफुल बितरण गरेको संस्थाका अध्यक्ष राजेन्द्र प्रसाद येङ्देनले जानकारी दिनुभयो ।
‘अर्बुद रोगबाट बचौँ, सचेत बनौँ, स्वास्थ्य जीवन अपनाउँ, प्रत्येक नागरिकमा स्वास्थ्य सचेतना फैलाऔँ‘ भन्ने नाराका साथ उक्त कार्यक्रम मनाइएको छ । कार्यक्रम अस्पतालका नर्स अन्जना कार्कीको प्रमुख आथिथ्यतामा सम्पन्न भएको संस्थाका सचिव नन्दराज भारतीले जानकारी दिनुभयो ।
अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभरि नै यो रोग फैलिन्छ र अन्ततः मृत्युको कारण नै बन्न पुग्छ । यस रोगको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी अथवा यी तीनै विधि एकसाथ प्रयोग गरेर प्रारम्भिक अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार सन् २०२२ मा करिब एक करोड व्यक्तिको मृत्यु अर्बुद रोगका कारण भएको छ। डब्लुएचओका अनुसार अर्बुद रोगबाट हुने मृत्युमध्ये पनि करिब एकतिहाइ सुर्तिजन्य पदार्थको प्रयोग, मोटोपन, मदिरा सेवन, फलफूल तथा तरकारीको कम सेवन र शारीरिक क्रियाकलापको अभ्यास कमीका कारण हुने गरेको छ ।
प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम
ताप्लेजुङ - संविधान दिवस २०८३ को अवसरमा कोशी प्रदेश सरकारले आयोजना गरेको प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा ताप्लेजुङका रफिक भट्टराई प्रथम
ताप्लेजुङमा असोज ५ गतेदेखि खोरेत रोगविरुद्धको खोप अभियान सञ्चालन हुने
ताप्लेजुङ - ताप्लेजुङमा आर्थिक वर्ष २०८३÷८४ को प्रथम चरणको खोरेत रोगविरुद्धको खोप अभियान असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ । भेटेरिनरी अस्पताल तथा
प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो निर्वाचित
फुङ्लिङ - नेपाल प्रेस युनियन ताप्लेजुङको अध्यक्षमा कृष्ण फुरुम्बो (लिम्बु) निर्वाचित हुनुभएको छ । शुनिबार सम्पन्न छैटौँ जिल्ला अधिबेशनबाट

प्रतिकृया दिनुहोस