बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

बाढीपीडितका लागि साङ्क देछ्योलिङ गोन्पा विद्यालयद्वारा आर्थिक सहयोग प्रदान 

रेडियो तमोर
|

ताप्लेजुङ –  श्री साङक देछयोलिङ गोन्पा विद्यालय परिवारले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका आर्थिक सहयोग संकलन गरेको छ । गत भदौ १० गते गएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको दुःखमा साथ दिने उद्देश्यले बाल दिवसको अवसर पारेर विद्यालयले आर्थिक संकलन गरेको हो । 

 

बाल दिवसलाई केवल उत्सवका रूपमा मात्र नभई मानवीय संवेदना, सहयोग र सामाजिक उत्तरदायित्वसँग जोड्दै विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागितामा रकम संकलन गरिएको प्रिन्सिपल पासाङरिता शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार पीडित परिवारका लागि कुल ४७ हजार ५ सय २५ रुपैयाँ संकलन गरिएको गरिएको छ । संकलित रकम बाढीपीडित राहत कोषमा समेत जम्मा गरि सकिएको विद्यालयले जनाएको छ । 

 

विद्यार्थीहरूमा सहयोग, करुणा र मानवताको भावना विकास गर्ने उद्देश्यले आर्थिक सहयोग रकम संकलन अभियान सञ्चालन गरिएको पिन्सिपल शेर्पाको भनाइ छ ।  “बालापनको रक्षा, भविष्यको सुरक्षा” भन्ने बाल दिवसको मूल भावलाई आत्मसात् गर्दै सामाजिक उत्तरदायित्व र मानवीय सेवाको संस्कार सिकाउनु शिक्षाको महत्वपूर्ण उद्देश्य भएको विद्यालय परिवारले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङको खेबाङमा खेलकुद महोत्सव हुँदै 

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेलकुद महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिकाको खेबाङमा आगामी कात्ति १६ गते देखि २१ गते सम्म

विरेन्द्र युवा क्लबले चुम्यो कुलकर्ण महिला फुटसलको उपाधि

ताप्लेजुङ - हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित प्रथम कुलकर्ण महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लब फुङ्लिङ–५ ‘ए’ ले

ताप्लेजुङमा बेपत्ता भएको ६ दिनपछि महिला मृतअवस्थामा फेला

ताप्लेजुङ – ताप्लेजुङको निगुरादिनमा बेपत्ता भएको ६ दिनपछि एक महिला मृत अवस्थामा फेला परेको छ ।  आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनकी ३३