बुधबार-असोज-७-२०८३/ 23-Wednesday-September-2026

विरेन्द्र युवा क्लबले चुम्यो कुलकर्ण महिला फुटसलको उपाधि

रेडियो तमोर
|

ताप्लेजुङ - हरितालिका तीजको अवसरमा ताप्लेजुङमा आयोजित प्रथम कुलकर्ण महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लब फुङ्लिङ–५ ‘ए’ ले जितेको छ । कुलकर्ण फुटसलमा शनिबार भएको फाइनल खेलमा आयोजक ‘बी’ टोलीलाई ३–१ गोलले पराजित गर्दै वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो । 

 

वीरेन्द्रका लागि सृजना राजभण्डारीले दुई तथा सम्झना लिम्बूले एक गोल गर्नुभयो । आयोजक टोलीका तर्फबाट अनुसा थाङ्देनले एक गोल फर्काउनुभयो । उपाधिसँगै वीरेन्द्र युवा क्लबले २५ हजार रुपियाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता आयोजक टोलीले १५ हजार रुपियाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

 

प्रतियोगितामा वीरेन्द्रकी सम्झना लिम्बू उत्कृष्ट खेलाडी घोषित हुनुभयो । उदयमान खेलाडीको पुरस्कार साण्डु छोलिङ गोम्पाकी जेनिला भोटियाले प्राप्त गर्नुभयो । त्यस्तै, सर्वाधिक गोलकर्ता आयोजककी अनुसा लिम्बू, उत्कृष्ट गोलरक्षक वीरेन्द्रकी प्रनिता लिम्बू र ज्येष्ठ अनुभवी खेलाडी आयोजक ‘बी’की बविता पोमु घोषित हुनुभयो ।

 

विजेता तथा उपविजेता टोलीलाई जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अञ्जना कडरिया, सदस्य गीता पालुङवा, नापी कार्यालय ताप्लेजुङका प्रमुख रजिता श्रेष्ठलगायतले पुरस्कार तथा नगद वितरण गर्नुभयो ।

 

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १८ वटा महिला टोलीको सहभागिता रहेको प्रतियोगिता आयोजक समितिका अध्यक्ष याङकी मादेन शेर्पाले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

ताप्लेजुङको खेबाङमा खेलकुद महोत्सव हुँदै 

ताप्लेजुङ – ताप्लेजुङको सिरिजंघा गाउँपालिकामा खेलकुद महोत्सव हुने भएको छ । सिरिजंघा गाउँपालिकाको खेबाङमा आगामी कात्ति १६ गते देखि २१ गते सम्म

बाढीपीडितका लागि साङ्क देछ्योलिङ गोन्पा विद्यालयद्वारा आर्थिक सहयोग प्रदान 

ताप्लेजुङ –  श्री साङक देछयोलिङ गोन्पा विद्यालय परिवारले रसुवामा आएको बाढीबाट प्रभावित परिवारका आर्थिक सहयोग संकलन गरेको छ । गत भदौ १० गते गएको

ताप्लेजुङमा बेपत्ता भएको ६ दिनपछि महिला मृतअवस्थामा फेला

ताप्लेजुङ – ताप्लेजुङको निगुरादिनमा बेपत्ता भएको ६ दिनपछि एक महिला मृत अवस्थामा फेला परेको छ ।  आठराई त्रिवेणी गाउँपालिका १ निगुरादिनकी ३३